Monday, 26 June 2017 02:36 am, Nepal

तेस्रो चरणको निर्वाचन तत्काल गर्नुपर्ने एमालेको माग

मेचीकाली : 2017-06-25 15:55:48

इलाम, ११ असार : नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनालले जनतामा चुनावप्रतिको व्यापक उत्साह रहेकाले तेस्रो चरणको निर्वाचन पनि तत्काल गर्नुपर्ने बताएको छ ।सूर्याेदय नगरपालिकास्थित कन्याममा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता खनालले सरकारको कमजोरीका कारणले चुनाव सरेको आरोप लगाउनुभयो ।

पुरा पढ्नुहोस्

मङ्सिर १५ गतेभित्र एकै चरणमा प्रदेश र संसद्को निर्वाचन हुनुपर्ने माग

मेचीकाली : 2017-06-25 15:51:16

विराटनगर, ११ असार : नेकपा (एमाले)का नेता माधवकुमार नेपालले स्थानीय निर्वाचनपछि संविधान संशोधन गर्ने विषयमा दलहरुबीच सहमति नभएको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँगको भेटमा उहाँले आगामी असोज २ गतेको स्थानीय निर्वाचन पछाडि नेपाली काँग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र) र राजपाबीच संविधान संशोधनका विषयमा छलफल गरिने स्पष्ट पार्नुभयो ।

पुरा पढ्नुहोस्

राति १२ बजेदेखि मौन अवधि

मेचीकाली : 2017-06-25 15:49:55

काठमाडौँ, ११ असार : स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत दोस्रो चरणमा यही असार १४ गते १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा हुने निर्वाचनका लागि आज राति १२ बजेपछि मौन अवधि सुरु हुँदैछ। स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ मा मौन अवधिमा प्रसारप्रचार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधिका रुपमा लिइएको छ ।

पुरा पढ्नुहोस्

आजदेखि मतदाता परिचयपत्र वितरण

मेचीकाली : 2017-06-25 08:49:03

मतदाता शिक्षा पनि सँगै दिइने

काठमाडौं, ११ असार : असार १४ गते हुने दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्ने भएको छ । दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नम्बर १, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहका मतदातालाई आजदेखि पर्सी मंगलबारसम्म परिचयपत्र वितरण हुने आयोगले जनाएको छ ।

पुरा पढ्नुहोस्

प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिने

मेचीकाली : 2017-06-24 13:57:03

भीमदत्तनगर, १० असार : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु