Tuesday, 23 October 2018 10:26 pm, Nepal

सन्तान नजन्माएको भन्दै कुटपिट गर्ने श्रीमानसहित चारजना पक्राउ

मेचीकाली : 2018-09-21 10:08:49


कालिकोट, ५ असोज :

कालिकोटको खाँडाचक्र नगरपालिका ५ का १८ वर्षका युवतीलाई विवाह गरेको २ वर्ष सम्म पनि सन्तान नजन्माएको भन्दै  कुटपिट गर्ने  श्रीमानसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । २ वर्ष सम्म सन्तान नजन्माउने, कुटपीट गर्ने उहाँका श्रीमान अली दमाई, ससूरा बिजे दमाई, देवर ऐन दमाई र जेठाजु पे्रम दमाईलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्लाको खाँडाचक्र नगरपालिका १ माइती  घर भएका सरिता दमाईले आफूलाई परिवारले नै दैनीक  बच्चा नजन्माएको र बोक्सी भन्दै कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी बिनोद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार  पक्राउ गरिएका चारैजना विरुद्ध  सामजिक भेदभाव तथा अन्य अपमानजन्य कसुर बोक्सीको आरोप अन्तर्गत मुद्धा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु