Tuesday, 23 October 2018 10:13 pm, Nepal

काभ्रेमा कुकुरमाथि आक्रमण गर्ने दुई पक्राउ !

मेचीकाली : 2018-09-10 16:20:22


काभ्रे, २५ भदौ :

नयाँ मुलुकी ऐन कार्यान्वयनमा आएसँगै कुकुरमाथि आक्रमणको आरोपमा काभ्रेमा दुइ्र्रजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खानिखोला गाउँपालिका ७ घर भई बनेपा ७ सिनागालमा डेरा गरी बस्ने बर्ष १९ का सुरेश भ्लोन र धुलिखेल नगरपालिका वडा नम्वर १ घर भएका बर्ष २८ का राज लामा रहेका छन् ।

उनीहरुले यही भदौ २२ गते राति ८ बजेको समयमा मादक पदार्थ सेवन गरी सडकमा समेत होहल्ला गर्दै बनेपा नगरपालिका वडा नम्वर ७ स्थित संविधानबहादुर जोशीको घरमा बाँधी राखेका दुई कुकुरलाई रड प्रयोग गरी आक्रमण गरेका थिए । कुकुर धनी संविधानबहादुर जोशीले बाँधेर राखेका कुकुरलाई किन आक्रमण गरेको भनेपछि दुबै पक्ष बीच बादविबाद भएको थियो । बादविवादका बीच राज लामाले कोठामा रहेको खुकुरी ल्याएर मार्ने धम्की दिएपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । जोशीले आफुले घरमा बाँधी राखेका दुई कुकुरलाई आक्रमण गरेको उजुरी दिएपछि प्रहरीले उजुरीका आधारमा आक्रमणकारीलाई पक्राउ गर्न प्रमुख जिल्ला अधिकारीसँग अनुमति मागेको थियो । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिल जंग शाहले पक्राउ परेका दुबैलाई प्रमुख जिल्ला अधिकारी राउतले पक्राउ अनुमति दिदै ७ दिनको अनुसन्धानको म्याद दिएको बताए ।

 मुलुकी फौजदारी कार्याविधिले गरेको ब्यवस्था अनुसार पशुपक्षी सम्वन्धी कसुरको २९० दफामा पशुपक्षीप्रति निर्दयी ब्यवहार गर्न नपाईने उल्लेख छ । कसैले कुनै पशुपक्षीलाई कुटी, हिकाई वा बोक्न सक्ने क्षमता भन्दा बढी भारी बोकाई वा सामाथ्र्यभन्दा बढी दौढार्ए वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकोलाई काममा लगाई वा हानिकारक बस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफुले पालेको पशुपक्षी  रोगी वा बृद्ध भएको कारणले सार्वजनिक रुपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर ब्यवहार गर्न पाईने छैन । त्यस्तो गर्ने ब्यक्तिलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयासम्म जरिवना वा दुबै सजायँ गर्ने ब्यवस्था छ । सडकमा गाई बस्तु छाड्ने विरुद्ध पनि मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान गरिरहेको इप्रका बनेपाका प्रहरी निरिक्षक शाहले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु