Wednesday, 26 September 2018 02:51 pm, Nepal

मकै नफलेपछि पाँचथर र तेह्रथुमका किसान चिन्तित

मेचीकाली : 2018-08-17 08:43:56


पाँचथर, १ भदौ :

पाँचथर र तेह्रथुम जिल्लाका किसान मकैबाली नसप्रिएपछि चिन्तामा परेका छन् । बेँशी क्षेत्रमा मकै उत्पादन नभएपछि किसानका घर रित्तो भएका छन् भने वर्षभरि के खाने भन्ने चिन्ता पनि उनीहरूमा छ । पाँचथरको तुम्बेवा गाउँपालिका वडा नम्वर–१ आङ्नाका सन्त तामाङको करिब १० रोपनी बारीमा कुखुरालाई चारो दिन एक महिना पुग्ने पनि मकै फलेन ।

 ढुकुरेका सुन्दरसिं तामाङलाई झन्, मकै भाँच्न बारीमा पस्नै परेन । खडेरीले मकैको घोगामा दाना लाग्ने बेला बोट सुकेपछि यो वर्ष कसरी टार्ने र अर्को वर्ष कहाँदेखि बीउ ल्याएर छर्ने भन्ने चिन्ता किसानलाई छ । बर्खाको समयमा अरु जिल्लामा पानी परीरहँदा तुम्बेवा गाउँपालिकाको बेँशी क्षेत्र भने हिउँदयामको माघ÷फागुन जस्तै देखिन्छ । मुख्य खाद्यन्न बालीको रूपमा रहेको मकै उत्पादन नभएपछि किसानलाई सम्वन्धित स्थानीय तहले राहतको चाँजोपाँजो मिलाउँदै छन् । पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्ष जयवहादुर चेम्जोङ किसानलाई कसरी राहत दिन सकिन्छ भनेर योजना बनाईरहेको बताउनुहुन्छ ।

समस्या पाँचथरका किसानको मात्र होइन, तेह्रथुममा पनि खडेरीका कारण अनिकालको स्थिति आएको छ । तेह्रथुमका छथर लगायतका गाउँमा मकै राम्रो फलेन । एक वर्षको कर मिनाहसहितको कार्यक्रम घोषणा गरेको तेह्रथुमको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनुभयो । स्थानीय सरकार मात्र होइन, किसानलाई परेको खडेरीको समस्या समाधनका लागि प्रदेश सरकार पनि लागि परेको प्रदेश नम्वर–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले बताउनुभयो । वर्षात् हुँदा एकै मौसममा तीन वर्ष पुग्ने गरी फल्ने मकै किसानले घरको टेको, रेलिङ अनि हार बनाएर पनि राख्न ठाउँ नभएपछि थाङ्रोमा पनि राख्ने गरेका थिए । तर यसवर्ष एक घोगा मकै पनि घरमा थन्क्याउन नपाएको किसानहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु