Deep
Wednesday, 22 October 2014 10:26 am, Nepal

यौन व्यवसायलाई वैधानिकता कस्का लागि ?

मेचीकाली : 2010-07-19 18:00:33


मेनुका थापा
आजभोलि प्रत्येक पत्रपत्रिकामा यौनका समाचारहरु वा यौन व्यवसायका समाचारले पहिलेको भन्दा अलि बढि नै स्थान पाइरहेका छन् । जसले गर्दा आमपाठकले यसका बारेमा अझ बढि जानकारी पाएका होलान् भन्ने कुरामा आशा गर्न सकिन्छ । तर यौनव्यवसायलाई वैधानिकताको वकालत गर्नु भन्दा पहिले यौन व्यवसाय भनेको के हो ? यसको कानुनी मूल्य र मान्यताहरु के-कस्ता छन् वा हुनसक्छन् ? यो व्यवसायलाई वैधानिकता किन र कस्का लागि भन्ने विषयमा नेपाली जनतालाई प्रष्ट पार्न सक्नुपर्छ ।

यौन भन्ने शब्द साधारणतया सम्भोगको लागि मात्र प्रयोग गरिने हुनाले नेपालीहरु यसबारे चर्चा गर्न चाँहदैनन् । यौन चाहना एउटा सामान्य शारिरिक प्रवृत्ति हो यति हुँदाहुदै पनि हाम्रो नेपाली समाजमा यसका विषयमा त्यत्ति धेरै जानकारहरु छन् जस्तो लाग्दैन । यो देशको राजधानीमा बस्ने वा कुनै चर्चित शहरमा बस्नेहरुको लागि मात्र हैन । राजधानीमा बसेर कुनै पनि विषयमा मुख खोल्नु भन्दा पहिला त्यो विषयका बारेमा यथेष्ट जानकारी हुनु जरुरी छ ।

प्रसंग केही साता अगाडिको हो भर्खरै मात्र काठमाडौंलाई आफ्नो कार्यक्षेत्र बनाउनु भएका प्रहरी उपरिक्षक रमेश खरेलले विकृति र अपराध कम गर्न कानुनतः निश्चित स्थान तोकिदिएर यौन व्यवसायलाई वैधानिकता दिई व्यवस्थित बनाउनु पर्ने अवधारणा सार्वजनिक गरेका छन् र यो व्यक्तिगत रुपमा रमेश खरेलको मात्र विचार नभएर नेपाल प्रहरिको अवधारणा हो भनेर बुझ्न गार्हो छैन । जसले जुन दृष्टिकोणले यो अवधारणालाई सार्वजनिक गरेको भए तापनि काम गरेको अनुभवको आधारमा यसमा मेरो सहमति भन्दा पनि विमति धेरै छ ।

धेरै अगाडि नै चर्चा पाउनु पर्ने यो विषयले ढिलै भएपनि नेपाली समाजमा चर्चा हुनुलाई सकारात्मक मान्न सकिन्छ तर गहिरो अध्ययन एवम् अनुसन्धान बिना यही नै ठिक हो भनेर ठोकुवा गर्न सकिने अवस्था छैन । किनकि यौन व्यवसायी वा यौनकर्मि भन्ने बित्तिकै सबैको मानसपटलमा एउटी महिलाको आकृति हावि हुन्छ जुन महिला वाध्यता एवम् विवशतताका कारण त्यहाँसम्म धकेलिएकी हुन्छिन् भन्ने कुरा पर्दा पछाडि नै रहन्छ । एउटी महिला आर्थिक विपन्नताका कारण आफू र आफ्ना परिवारको पेट पाल्नका लागि यो पेशा अंगाल्न विवश हुन्छिन् भने उनको पुरुष ग्राहक घरमा भएका बालबच्चाको पेटमा लात हान्दै शारिरिक सुखको लागि जान्छ । तर पनि पैसा तिरेर त्यस ठाउँसम्म धाउने ग्राहक पुरुषको चर्चा किन हुदैन । जसले गर्दा वास्तविक रुपमा मर्कामा परेका एवम् पितृसतात्मक सामाजिक संरचनाले हेपिएका एवम् चेपिएका नेपाली नारीको भावनामा ठेस पुग्न सक्तछ भने सोझासिधा महिलालाई उपयोग गरि आर्थिक लाभ लिने गिरोहले फस्टाउने मौका पाउदछ ।

नेपाल प्रहरिद्वारा प्रस्तावित रेडलाइट एरियाको सुझाव आउनुको पछाडी विभिन्न पेशा/व्यवसायको आवरणभित्र मौलाउदै गएको यौनजन्य गतिविधि र त्यसले समाजमा पारेको कुप्रभावको कारण हुनसक्छ । हालसम्म यस्ता व्यवसायमा अर्थात क्याविन रेष्टुरेन्ट, डाँन्सबार, मसाजपार्लर एवम् गेष्ट हाउसहरुका नाममा जोखिममा परेका महिलाहरुले हाकाहाकी त्यहाँ भित्रका अवान्छनिय गतिविधि लाई नस्विकारे तापनि विभिन्न संघसंस्थाको अध्ययन तथा प्रहरी प्रशासनको निरन्तर धरपकडको कारण बाहिरी आवरण एउटा, भित्रि काम अर्कै भैरहेको छ भनेर बुझ्न  गार्हो छैन तर त्यहाँ यौनजन्य गतिविधि भएकै आधारमा हचुवाका भरमा कुनै पनि कदम उठाइयो भने कालान्तरमा गएर उपयोगि नहुने देखिन्छ । झन् रेडलाइट एरिया दिने जस्तो अत्यन्तै संवेदनशिल विषयमा त यथेष्ट छलफल र सुझबुझ हुनैपर्छ ।

मैले पनि ८ वर्ष देखि क्याविन, डाँन्स, मसाज लगायत विभिन्न स्थानमा जोखिमजन्य परिस्थितिमा कार्यरत महिलासंग काम गर्दै आइरहेकिछु र हालसम्म सयौं महिलाले वैकल्पिक बाटोमार्फत नयाँ जीवन पाइरहेका छन् भने हजारौ महिला आफ्नो अधिकार एवम् जिम्मेवारीका विषयमा सुसुचित र जागरुक भैसकेका छन् । यो ८ वर्षको अवधिमा चौबिसै घण्टा यिनै दिदीबहिनीको बिचमा बसेर एकदमै नजिकबाट उनीहरुको भावना र परिस्थिति नियाल्दा आजसम्म मैले एकजना महिला त्यस्तो भेटाएकि छैन जो स्वेच्छाले आफ्नो शरिर बेच्न तम्सियोस् । यस्ता व्यवसायमा संलग्न भएका अधिकांश दिदीबहिनी मर्यादित र दिगो वैकल्पिक बाटोको खोजिमा लालायित छन् ।

हरेक पेशा तथा व्यवसायको आ-आफ्नै मर्यादा हुन्छ र कुनै पनि पेशा आफैमा नराम्रो हुँदैन तर पेशाव्यवसायको खोल ओढेर अमर्यादित कार्य कहिबाट हुन्छ भने निश्चय नै त्यसलाई निर्मूल पार्नुपर्छ । त्यस्तै प्रारम्भमा रेष्टुरेन्ट गेष्टहाउस वा मसाज संचालन गर्नु पूर्व सञ्चालकहरुले जे काम गर्छांै भनी वाचा गरेका थिए त्यसलाई विर्सिँदा र सरकारी निकायबाट त्यसको अनुगमन तथा निगरानी नभईदिदा विस्तारै छाडापन भित्रिएको हो । जसले छाडापन भित्र्यायो उसले कहिल्यै सजाएँ पाएन । बरु बिहान बेलुकाको छाक टार्नको लागि त्यसलाई रोजगारीको रुपमा अंगाल्न विवश अनपढ अशिक्षित बेरोजगार एवम् निर्दोष महिलाहरु नै घरपरिवार टोल छिमेक हुदै राष्ट्रबाट नै उपेक्षित हुदै गईरहेका छन् ।

रक्षा नेपाल नामक सामाजिक संस्थाले सन् २००९ मा गरेको अध्ययन अनुसार ९० प्रतिशत महिलाहरु क्याविन डाँन्स मसाजको पेशा त्यागी वैकल्पिक बाटोको माध्यमद्वारा पूनर्स्थापित हुन चाहेको देखिएको छ भने १० प्रतिशत यो पेशामा आइहालियो यसलाई नै व्यवस्थित बनाइओस् भन्ने चाहाना राख्छन् । तर व्यवस्थित भनेको कस्तो हो उनीहरु प्रष्ट छैनन् । संसारमा कुन चाहि त्यस्तो देश छ जहाँ ९० प्रतिशतको भावनालाई कुल्चिएर १० प्रतिशतको भावनालाई सम्बोधन गरिन्छ त्यसैले बहुमतको आवाजलाई प्राथमिकता नदिइकन नेपालमा रेडलाइट एरिया दिन थाल्ने हो भने भोली अर्को दुर्घटना ननिम्तेला भन्न सकिदैन । यसको अर्थ रेडलाइट एरिया दिनै हुदैन त्यो गलत हो भन्न खोजिएको हैन । यसका राम्रा र नराम्रा पक्ष भविष्यमा केलाउदै जाउँला मेरो आशय यो हो कि विभिन्न

पेशा व्यवसायका नामबाट शोषित हुन परेपछि नै उक्त महिलाहरुले त्यो भन्दा राम्रो र सुरक्षित पेशा अपनाउन चाहिरहेका छन् । यदि त्यहि पेशा ठिक थियो भने त किन उनीहरुले वैकल्पिक बाटो खोज्दै हिड्थे र तसर्थ तत्काललाई यस्ता विषयहरुलाई थाति राख्दै एउटा राष्ट्रिय बहस नै थालनी गर्नुपर्छ । जसरी आज राष्ट्रिय रुपमा नेपालको संविधानको स्वरुप कस्तो हुने भनेर बहस एवम् छलफल चलाइरहेको छ त्यसैगरि नेपालको सन्दर्भमा यौन व्यवसायलाई वैधानिकता दिन हुन्छ कि हुदैन भनेर छलफल चलाउनु अपरिहार्य छ । यसरी राष्ट्रिय रुपमा छलफल थालिएको खण्डमा प्रत्येक नेपालीले यसबारेमा जान्ने अवसर पाउनेछन् र यथेष्ट जानकारी पश्चात छान्ने अधिकार निश्चित छ ।

सबै भन्दा प्रमुख कुरा त रेडलाइट एरिया कस्को लागि र के का लागि भनेर ति महिलाले जान्न पाउनुपर्छ अनि मात्र उनले निर्णय गर्न सक्छिन् । निश्चय पनि रेडलाइट एरिया भन्ने बित्तिकै देहव्यापार हुने स्थल भन्ने बुझिन्छ र देहव्यापार भन्ने बित्तिकै एउटी अवसरबाट बञ्चित महिला हो भनेर बुझ्नुपर्छ । जो अन्त केहि अवसरको खोजिमा भौतारिरहेकी हुन्छिन् र त्यो महिला तपाई हाम्रै दिदी बहिनी छोरी वा श्रीमती हुनसक्छिन् । यहि प्रसंगमा म सम्पूर्ण सचेत नेपालीलाई मेरो मनको प्रश्न राख्न चाहन्छु, कुन चाहि आमा बुबाको चाहाना होला आफ्नी छोरीले शरीर बेचेर ल्याएको पैसाले सिटामोल खाएर बाँच्ने । अनि कुन दाजुभाईको मन होला दिदी बहिनीको शरीर बेचेर भएपनि मोजमस्ति गर्ने यस विषयमा प्रत्येक नेपालीले एकपटक ठण्डा दिमागले सोच्नै पर्ने हुन्छ । सतही हिसाबले यो ठिक वा बेठिक भन्नु भन्दा पनि गहिरो अध्ययन अनुसन्धान गरि निर्णय लिनुपर्छ । रेडलाइट एरिया दिएर विकसित मूलुकले यो फाइदा गर्यो उ फाइदा गर्यो भन्नु भन्दा पनि नेपाली मन लिएर र नेपाली माटोको परिवेश हेरेर नेपालको लागि रेडलाइट एरिया कत्तिको सान्दर्भिक छ जहाँका जनता एक रुपैयाको सिटामोल नपाएर असमयमै मृत्यूको मुखमा धकेलिएका छन् ।

२१ औ शताब्दीका हामी स्वतन्त्रता, समानता एवम् मानवअधिकारका धेरै कुरा गर्छौ तर यहाँ शरिर बेचिन्छ । अनि यसलाई चाहि मानव अधिकारको हनन भनिदैन १४ औ शताब्दी देखि यौनदास भएर जीविका चलाउन वाध्य नेपालकै वादीमहिलाहरुले पनि २१ औ शताब्दिमा आएर यौन पेशाबाट मुक्ति मागी वैकल्पिक रोजगारीको व्यवस्था गर्न सरकारलाई दवाव स्वरुप २०६४ साल भदौमा ४८ दिनसम्म ऐतिहासिक आन्दोलन गरेका थिए । उनीहरुको अर्धनग्न आन्दोलनले सरकारलाई चुनौती दियो र उनीहरुको मागमाथि सम्बोधन गर्न कर लाग्यो । त्यो आन्दोलन न त राज्यका हरेक अंगमा ३३ प्रतिशत आरक्षण सुरक्षित गर्न थियो न त पुरुष बराबर अंश पाउनका लागि थियो । त्यो आन्दोलनले आमनेपाली महिलाहरु सरह आफ्नो अस्तित्व र गरिमा प्राप्तिको माग मात्र गरेको थियो ।

यसरी सदियौदेखि यौन पेशालाई नै जिविकोपार्जनको प्रमुख श्रोत बनाउदै आइरहेका वादी महिला त यौन पेशा चाहिदैन भनि जुर्मुराइ रहेका छन् भने आन्तरिक रुपमा विस्थापित भएर तथा घरेलु हिंसाको सिकार भएर अनि गरिबि बेरोजगारी र अशिक्षा लगायतका कारणले बाँच्नकै लागि शहरमा अव्यवस्थित रुपमा खुलेका क्याविन रेष्टुरेन्ट, डाँन्स बार, गेष्ट हाउस एवम् मसाज सेन्टरसम्म धकेलिएका महिलाहरुको चित्कार, रोदन, वाध्यतालाई सम्बोधन नगरी उनीहरुलाई यौनव्यवसायीको परिचय दिइयो भने नेपाली समाजमा अर्को विद्रोहले जन्म लिनेछ तसर्थ रेडलाइट एरिया दिने विषयमा हतार गरिहाल्नु हुदैन अन्यथा यसको मूल्य भारी पर्नेछ ।

थापा,  रक्षा नेपालकी अध्यक्ष हुन् ।

यो विषयका प्रतिक्रियाहरु

Ramhari shrestha:Aug 26, 2012 03:04:44 PM

विचार निकै राम्रो छ तर आज भोलि का केटि हरु पनि सारै छाडा भै सके आफुले नै रोज्लन जस्तो छ

Dipak Dhital:Sep 6, 2011 08:20:55 AM

bichar ramro 6.

madhukavreli:Apr 18, 2011 08:41:35 PM

दिदि को विचार धेरै राम्रो छ

babu:Apr 10, 2011 12:06:40 PM

i read your coment it is very instresting thanks you

Gunja lama:Jan 12, 2011 01:56:51 PM

धन्यवाद महत्वोपूर्ण विचारको लागि बिशेष आभार ......दिदीलाई

durga lama:Nov 16, 2010 08:22:08 AM

छेरै राम्रो लग्यो

ram bahadur:Oct 9, 2010 12:20:09 PM

कुरा अलिकति लामो वायो . पदना नै अल्छि लाग्दो

balaramacharya:Sep 21, 2010 06:22:09 AM

DIDI KO BICHAR RAMRO LAGO NEPALIMAHILAKA LAGI TAPAILE GARNU BHAYAKO KURA MAN PARYO TARA MAHILA HARU YASTO KAMA KINA GARCHHAN BHANNE KURAMA MERO AUTA BICHAR CHHA JABA MAHILA AFNU
OUKAT BHANDA MATHI JANA KHOCHHAN TABA ASTA BEBHAR GARNA THALCHHAN YAK GARIB GHARKI CHHORI
HIROIN BANNA KHOGNU MAHILA KO DURDASA HO AFNU
OUKAT MA RAHER KAM GARNE HO BHANE YSTO SAMASYA
AAUDAINA RA ARKO KURA GHARMA SRIMAN LE HELA GARDA PANI MAHILA ALAG BHAYAR YO PESA AGALCHHAN
TESAILE NEPAL SARKAR LE MAHILA KO HAK BAREMA KEHI KADA KANUN BANAUNU PARCHHA GASTO LAKCHHA

chasila tamang:Aug 29, 2010 03:13:53 PM

dd tapailai derai derai danbad ho purusko barema pani charcha hunu nai par6 yaun sambandama ma auta purus vayepani tapaiko bicharma sahamat 6u...

shree ram upreti:Aug 13, 2010 12:10:04 PM

दिदीको बिचार त् राम्रो छ तर जब बैकल्पिक पेसा को कुरा त गरिबी संग जोडिन्छ हैनं र ल आहिले यौन पेसा बाट अन्य मा सारिएपनि अरु गरिब परिवार का नारी फेरी येही पेसामा आइपुग्छन अनि कतिलाई अर्को पेसामा लाने यो कुराको बहस हुन जरुरि छ भन्ने लाग्छ मलाई

balkrishna khanal:Aug 5, 2010 04:24:59 PM

राम्रो छ |

numa saru:Jul 29, 2010 10:14:01 PM

हामी नेपाली नारी लाई किन यसरी मर्म दुखी रheका चना त तर पनि सरकारले यसले किन वास्ता गरेको chienata के हामी नारी यसरी नै बच्ने हो त<

vaskar shrestha:Jul 29, 2010 03:58:48 PM

thika 6 menuka thapa g tapai ko bichar lai mamnu par6 auta ladies vayar pani yauna sambandhama lakhenu bhaya6.

Jagatman bal tamang:Jul 24, 2010 09:22:05 PM

Paramparagat sochbata mukta huna nasakiraheko yo samajma kaha yasto kura pachna sakinchhara. samaj bikash sangai hami dherai swotantra bhaera adhikar ra kartabya dubai bujnu abasyak chha, yas pesha lai baidhanikata dinupurba dirghakalin hisable sochnu parchha . natra yasle samajlai uchringkhalta tarfa dhakelina sakchha.yasto kuraharu bahira lyaunu bhaekoma thank you thapaji lai.

rajram basnet:Jul 23, 2010 02:59:35 PM

writer..u r right...n best of luck rakshya nepal

raju pahari:Jul 23, 2010 12:01:40 AM

राम्रो लागो


Chhatra Thami:Jul 22, 2010 08:02:00 AM

ठिकै ६.

rajaram:Jul 21, 2010 03:47:37 PM

विचार ramरो lagyu

Humhari:Jul 21, 2010 07:58:12 AM

la dd ko bichar le ke hun6 ke aab

Humhari LONDAN

सुमनराज शाक्य:Jul 20, 2010 12:16:26 PM

दिदिको विचार उत्तम छ है
-सुमनराज शाक्य

lama:Jul 19, 2010 07:44:25 PM

गफ त हो !

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

नेपाली चलचित्र एउटा साथीको प्रोमो

पत्रकार लक्ष्मण सुवेदीको निर्देशनमा बनेको र कात्तिक १४ बाट रिलिज हुने नेपाली चलचित्र एउटा साथीको प्रोमो

थप भिडियोहरु