Wednesday, 26 September 2018 03:03 am, Nepal

कुखुरापालनले आम्दानी बढायो

मेचीकाली : 2011-04-28 18:34:15


नवलपरासी, १५ वैशाख : नवलपरासी बेणीमनीपुर सर्दीका राजन कँडेलले बोइलर कुखुरा पालन गरेर आम्दानीको राम्रो आधार बनाएका छन् । डेढ वर्ष अगाडि आमा सदस्य रहेको मातृभूमी महिला सामुदायिक संस्थाबाट १५ हजार ऋण लिएर कुखुरा पालन गरेका कँडेलले अहिले रु चार लाख ८० हजार आम्दानी गर्न सकेका छन् । घरमा गर्जो टार्न धौधौ भएपछि समूहबाट १५ हजार १८ प्रतिशत व्याजमा ऋण लिएर बोइलर कुखुराको दुई सय चल्ला किनेका थिए । सोबाट कँडेलले डेढ वर्षमा १२ लट कुखुरा बिक्री गरेका छन् ।
 तीन भाई बहिनी र आफु पढ्न समस्या भएपछि उनले विदेश जानुभन्दा स्वदेश मै रहेर आम्दानी गर्दै पढ्ने निधो गरेकाले आमालाई ऋण निकाल्न अनुरोध गरेको बताए । आमा सुमित्रा कँडेलले छोराको ईच्छा पुरा गर्न ऋण लिएर कुखुरा पालन व्यवसाय गर्न सहयोग गरेकी थिइन् ।     बोइलर कुखुरा पाल्न विजुली बत्तीको आबश्यकता पर्ने पनि घरमा बिजुली बत्तीसमेत भएकाले दुई वटा ब्याट्रीबाट आफ्नै प्रबिधिमा बत्ती बाली कुखुरा पालन व्यबसायलाई निरन्तर दिएको राजन कँडेलले बताए ।
घरसम्म मोटर पनि नजाने बिजुली बत्ती पनि नहुँदा साथीभाईले समेत काम गर्न सक्दैनन् भन्दै आलोचना गरे काम गरेपछि परिणाम राम्रै भएको छ उनले भने । सुरुमा कुखुराको बारेमा राम्रो ज्ञान नभएकाले खासै नाफा नभएपनि थोरै लगानीमा आर्थिक प्रगति गर्ने सक्ने माध्यम बोइलर कुखुरा पालन रहेछ राजनले खुसी हँुदै भने–‘४० हजारका दरले १२ लट कुखुरा विक्री गर्दा चार लाख ८० हजार आम्दानी भएको छ, खर्च कटाएर घरमा सोलार जडान, भाईलाई कावासोती राखेर पठाउन खर्च र आफैलाई बिएड प्रथम वर्ष पढ्न खर्च पुगेको छ’ राजनले थपे ।
बोइलर कुखुराको बिक्रीमा समस्या नभएकाले आम्दानी हुने कुरा निश्चित हुन्छ उनले भने । संस्थाको ऋणसमेत भनेको भाकामा तिर्न सकिएकाले आम्दानीको स्रोत राम्रो भएको सुमित्रा कँडेलले बताइन्–‘१५ हजार ऋण लिएर आउँदा म कापेको थिए अहिले लाखको कारोबार गर्न पनि म डराउन्न’ उनले भनिन् । अन्य ब्यबसाय भन्दा कुखुरा पालन व्यबसायमा छिट्टो र मुनाफा राम्रो हुने भएकाले गरिबका लागि कुखुरापालन राम्रो हुने कँडेल परिवारको भनाई छ । रासस

यो विषयका प्रतिक्रियाहरु

Binod Tamang :Jan 26, 2018 07:06:20 PM

हेल्लो सर कुखुरा पाल्ने तालिम कहाँ लिन सकिन्छ होला??कृपया यस्को बारेमा मलाई इमेल गरिदिनु होला
नुवाकोट बाट

justin maharjan:Feb 24, 2013 04:42:49 PM

हेल्लो सर
कुखुरा पाल्ने तालिम कहाँ लिन सकिन्छ ??
कुखुरा पाल्ने बारे कुनै त्यस्तो ज्ञान अथवा लेख छ भने कृपया मलाई पठाउनुस ल .
(मेरो घर ललितपुर हो )

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु