Wednesday, 26 September 2018 03:05 am, Nepal

विद्यालयमै उपलब्ध हुन्छ सेनेटरी प्याड

मेचीकाली : 2018-09-11 12:53:07

कञ्चनपुर, २६ भदौ : किशोरीलाई रजस्वला हुँदा नियमित विद्यालय जान प्रोत्साहित गर्नका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको छ । रजस्वला हँुदा पुरुषलाई छुनै नहुने र विद्यालय जान नहुनेजस्ता कुप्रथा हटाउनका लागि नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेको हो ।

पुरा पढ्नुहोस्

मध्यवर्ती क्षेत्रमा खोरेतको प्रकोप

मेचीकाली : 2018-09-04 13:29:13

कञ्चनपुर, १९ भदौ (रासस): शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ६ र ७ का बासिन्दाले पालेका पशुमा खोरेत रोगको प्रकोप देखा परेको छ । खोरेतका कारण ८०० बढी चौपाया प्रभावित भएका छन् । एओसी र एशिया वन नामक भाइरसका कारण सर्ने खोरेत रोग खुर फट्टा जनावर बाख्रा, बङ्गुर, गाई, गोरु, भैँसीलगायतमा बढी देखिएको छ ।

पुरा पढ्नुहोस्

मन्त्री मगरका आँशु थामिएनन्

मेचीकाली : 2018-09-01 14:23:58

भीमदत्तनगर, १६ भदौँ  : आज बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध हुनुभयो । मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न सकेनन् ।

पुरा पढ्नुहोस्

निर्मला हत्याको थप अनुसन्धान सुरु

मेचीकाली : 2018-08-24 10:31:52

कञ्चनपुर अशान्त

महेन्द्रनगर, ८ भदौ : कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्न गठन भएको टोली कञ्चनपुर जाने भएको छ । टोलीले आजदेखि अनुसन्धान थाल्नेछ । गृहमन्त्रालयले सह–सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा हिजो उच्च स्तरीय छानबिन समिति गठन गरेको थियो । कारागार व्यवस्थापन विभागका महानिर्देशक मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको हो ।

पुरा पढ्नुहोस्

हत्याका दोषी पत्ता लगाउन माग, प्रदर्शन जारी

मेचीकाली : 2018-08-23 15:01:16

कञ्चनपुर, ७ भदौ : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि यहाँ प्रदर्शन जारी रहेको छ ।भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु