अछाम, २४ माघ : अछाम जिल्लाको बूढाकोट गाविस वडा २ मा भएको आगलागीमा परी २ जनाको मृत्यु भएको छ । ऐराडा टोलमा भाने ढोलीको घरमा आगो लाग्दा भानेका छोरा कालु ढोली र झंकरे ढालीको मृत्यु भएको छ । ४६ बर्षीय भाने ढोली र उहाँकी श्रीमती सेतुदेवी आगलागीमा परेर गम्भीर घाईते भएको स्थानिय मोहन थापाले बताउनुभयो । सेतु देवीको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।
अछाम, ३१ असार : बेवारिसे बम खेलाउँदै गर्दा पड्केपछि अछाममा शुक्रबार दिउँसो एक बालकको मृत्यु भएको छ भने एक बालिका घाइते भएकी छन् । अछामको बिन्देबासिनी गाबिस वडा नं. ७ खिमाडा गाउका १२ बषिर्य बिक्रम साउदको मृत्यु भएको छ । सोही गाउँकी ५ वर्षीया कविता साउद घाइते भएकी छन् । घाइते बालिकाको स्थानिय मेल्लेख स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक शुशिल सिं राठोरले बताए ।
अछाम, १८ असार : अबिरल बर्षापछि आएको बाढी र पहिरोका कारण जनधनको क्षति हुने क्रम रोकिएको छैन । हिजोमात्रै देशका विभिन्न स्थमाना १० जनाको बाढी र पहिरोमा पुरिएर मृत्यु भएको थियो । आज बिहानै अछाममा थप तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ । मृत्यु हुनेहरुमा अछामको मालतीकोट गाविस–७ तालीगाउँका १४ वर्षीय रमेश विक १० वर्षीय ध्रव विक र ९ वर्षीय इसरा विक रहेको जनाइएको छ । पहिरोमा पुरिएर नाम खुल्न नसकेका अर्का एक बालक घाइते भएका छन् ।
अछाम,१८ माघ : अछाममा भीरबाट खसेर २ जनाको मृत्यु भएको छ । जिल्लाको भटाकाटिया गा.वि.स. वडा नं. ६ की ६० बर्षीया रती साउद र खप्तड गा.वि.स. वडा नं. ८ की १८ बर्षीय बीना कडायतको घास काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको हो । साउदको घटनास्थलमै र कडायतको उपचारको क्रममा स्वास्थ्य चौकी ल्याउदा ल्याउदै बाटोमै ज्यान गएको हो ।
कैलाली, २ मंसिर : 'केही पनि
नदेखिने घनघोर जंगलमा लगेर
ब्लेटले चिर्न लाग्दा तपाँइहरु सँग भेट होला जस्तो लागेको थिएन,' समाचार
लेखेकैले नियन्त्रणमा लिई जंगलमा लगेर हातका औला
चिरिएका स्थानिय पत्रकार सुशिल ढुंगानाले भावुक हुँदै भने। समाचार लेखेको
बिषयलाई लिएर उनीलाई नियन्त्रणमा लिएर जंगलमा लगी कुटपिट गर्ने र औंला
चिर्ने कसैलाई पनि प्रहरीले अहिलेसम्म
पक्राउ गरेको छैन। घटनापछि पनि केही व्यापारीबाट धम्की आउने क्रम नरोकिएको
उनले बताएका छन।
|