डोटी, १७ माघ : डोटीको छतीवन गाविस ९ रुपस्काँड भन्ने ठाँउमा जीप दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १ जना गम्भीर घाईते भएका छन् । कर्मचारीहरु बोकेर दार्चुलाबाट धनगढीतर्फ जाँदै गरेको ना १ च ७०३८ नम्बरको एनसेलको गाडी अनियन्त्रित भई बिहान ३ बजे दुर्घटना भएको हो ।
डोटी, २५ कात्तिक : डडेलधुराबाट यात्रु बोकेर धनगढीतर्फ आउँदै गरेको जीप डोटीको बुडर भन्ने स्थानमा दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएको बताइएको छ । स्थानीयबासीले ४ जनाको शव फेला परेको बताएका छन् । से १ ज ३४१ नंवरको जीप सडकबाट झण्डै ३ सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
सिलगढी (डोटी), १४ असोज : महिला तथा बालबालिका कार्यालय डोटीद्धारा संचालित छाउपडी प्रथा निवारण आयोजनामा लाखौं अनियमिता भएको खुलासा भएको छ । महिला तथा बालबालिका कार्यालय डोटीको सहयोगमा नेपाल पत्राकार महासंघ डोटी शाखाद्वारा जिल्लाका बनलेख र गैरागाउं गाबिसमा आयोजना गरिएको सार्बजनिक सुनुवाईमा सहभागि महिलाहरुले छाउपडी प्रथा निवारण परियोजनाको बारेमा खुलेरै बिरोध गरेपछि आयोजनाका गतिबिधी प्रभावहिन भएको रहस्य खुलेको हो ।
डोटी, १ जेठ : डोटीको खिरसैन गाविस-९ मा आज बिहान भएको यात्रुबस दुर्घटनामा ११ यात्रु घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहको बताइएको छ । ना२ख ५८७३ नम्बरको बस सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको डोटी प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घाइतेहरुको उद्धारका लागि घटनास्थलमा प्रहरी र स्थानीयबासिन्दा सक्रिय छन् ।
डोटी, २१ वैशाख : सिनधुलीमा भएको
दुर्घटनाको २४ घण्टा वित्न नपाउँदै आज फेरि धनगढीबाट अछाम जाँदै गरेको
यात्रुबस आज बिहान डोटीको चौखुट्टे मेलागौरा भन्ने स्थानमा दुर्घटनाग्रस्त
हुँदा त्यसमा सवार १४ जनाको ज्यान गएको छ । अन्य १६ जना घाइते भएका छन् ।
मृतक मध्ये कसैको पनि सनाखत नभएको प्रहरीले जनाएको छ । खचाखच यात्रु
बोकेको ना४ख ४०१८ नम्बरको बस सडकबाट अन्दाजी ५० मिटर तल खसेर
दुर्घटनाग्रस्त भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र केसीले जानकारी दिनुभयो ।
|