Wednesday, 08 February 2012 08:14 pm, Nepal

हिमपातका कारण बझाङको उत्तरी क्षेत्रमा जनजीवन कष्टकर

मेचीकाली : 2012-01-08 10:26:51

बझाङ, २४ पुस : भारी हिमपातका कारण बझाङको उत्तरी क्षेत्रमा जनजीवन कष्टकर वनेको छ । चीनसंग सीमाना जोडिएका कांँडा, सुरुमा, दोलीचौर, कैलाश, रिलु, धमेना, लेकगाँउ, देउलेक लगायत गाविसमा आज विहानैदेखि भारी हिमपात भएको हो । सो क्षेत्रमा ५ फिटसम्म हिउ परेको छ. ।

पुरा पढ्नुहोस्

साक्षरता अभियान सुरु भएन

मेचीकाली : 2011-10-22 08:46:59

बझाङ, ५ कात्तिक : सरकारले घोषणा गरेको राष्ट्रिय साक्षरता अभियान बझाङ जिल्लामा सुरु हुन सकेन । यही कात्तिक १ गतेबाट सुरु गर्ने भनिएको सो अभियान गाविस सचिवको लापरबाहीका कारण सुरु हुन नसकेको हो । जिल्लाका ४७ वटा गाविसमा साक्षरता कक्षा सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयले गाविसको खातामा रकम निकासा गरिसकेको बताइएको छ ।

पुरा पढ्नुहोस्

लेक लागेर तीन जनाको मृत्यू

मेचीकाली : 2011-08-14 14:08:06

बझाङ, २९ साउन : बझाङको सूर्मा गाविस खगुननारामा लेक लागेर तीन जनाको मृत्यु भएको छ । सुरमा सरोवर मेला हेर्न जाने क्रममा लेकगाउँ २ का रामसिङ्गे चलाउने र नरेश बोहोरा तथा सुबेडा ५ का सिंङ्गे रानाको लेक लागेर मृत्यु भएको हो । लेक लागेर विरामी परेका उनीहरुको गएराती मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहोस्

यार्सागुम्बा टिप्न गएका ६ जनाको मृत्यु

मेचीकाली : 2011-06-01 08:37:39

बझाङ, १८ जेठ : यार्सागुम्बा टिप्न गएका ६ जनाको अत्याधिक चिसोका कारण मृत्यु भएको छ । अरु पनि बिरामी भएर खाली हात घर फर्केका छन् । मृत्यु हुनेमा पाँचजना बझाङका स्थानीय बासिन्दा रहेका छन् भने एक जना सुर्खेतका रहेका त्यहाँबाट फर्केकाहरुले जनाएका छन् । बझाङको रिलु गाविसका रामवहादुर बोहराले जानकारी दिनुभयो । बोहराका अनुसार अबिरल बर्षासँगै परेको हिउँका कारण उक्त क्षेत्रमा अत्याधिक चिसो बढेकाले उनीहरुको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

गरिबीका कारण आत्महत्या

मेचीकाली : 2011-04-21 08:58:01

बझाङ, ८ वैशाख : चरम गरिबीका कारण हातमुख जोर्न समस्या भएपछि बझाङ कोटभैरब– ३ थलाराखोलीकी २५ बर्षीया विमला बादीले बुधबार सेती नदीमा हाम फालेर आत्महत्या गरेकी छिन् । थलाराखोलीम झुप्रो बनाएर तीन सन्तानसँग बस्दै आएकी विमला सोमबार काम खोज्दै जिल्ला सदरमुकाम चैनपुर आएकी थिइन् । विमलाले खानेकुरा जोहो गर्न नसकेपछि आत्महत्या गरको स्थानीयबासीले बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु