Tuesday, 23 October 2018 10:17 pm, Nepal

हावाबाट बिजुली : जिम्मेवारी कसको ?

मेचीकाली : 2018-09-25 11:15:51

बाँके, ९ असोज : बाँकेको खजुरामा हावाबाट बिजुली निकाल्न शुरु भएको प्रक्रिया अध्ययनमै सीमित भएको छ । साविकको जिल्ला विकास समितिमा वैकिल्पक ऊर्जा प्रवद्र्धन शाखामार्फत् अध्ययन भइरहे पनि उक्त शाखा खारेजीसँगै अध्ययनको जिम्मेवारी कसको भन्ने अन्योल देखिएको छ ।

पुरा पढ्नुहोस्

कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण

मेचीकाली : 2018-09-20 13:40:52

बाँके, ४ असोज : कपास प्रशोधनका लागि सरकारी लगानीमा कपास विकास समिति खजुराले खरीद गरेका चार वटा अत्याधुनिक जिनिङ मेशिन प्रयोगविहीन रहेका छन्् । समितिमा रहेका पाँचमध्ये अहिले एउटा मात्रै मेशिन चलिरहेको छ । कपडा र धागो उद्योग बन्द भएसँगै कपास बिक्री घटेको र थोरै मात्रामा उत्पादित कपास प्रशोधनका लागि आवश्यक कच्चा पदार्थको अभावमा खजुरामा रहेका अत्याधुनिक मेशिन प्रयोगविहीन रहेको कपास विकास समितिका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

पाँच करोडको कपास गोदाममै

मेचीकाली : 2018-09-15 11:13:22

बाँके, ३० भदौ : व्यावसायिक रूपमा हुँदै आएको कपासखेती पछिल्लो समय उजाड अवस्थामा पुगेको छ । कपासको व्यावसायिक उत्पादन घट्न थालेसँगै कपासखेती उजाडजस्तै अवस्थामा रहेको हो ।कपास विकास समिति खजुराले प्रशोधन गरी बिक्रीका लागि तयार पारेको २१३ मेट्रिकटन कपास अहिले पनि गोदाममै थन्किएको छ । प्रशोधन गरिएको उक्त कपास उचित बजार अभावका कारण यसरी गोदाममै थन्किन पुगेको कपास विकास समिति खजुराका निमित्त प्रमुख विजयकुमार जोशीले बताउनुभयो ।

पुरा पढ्नुहोस्

मेशिन बिग्रिएपछि सुँघेरै मापसे जाँच !

मेचीकाली : 2018-08-01 09:18:48

बाँके, १६ साउन : मादक पदार्थ सेवन (मापसे) जाँच्ने ब्रेथलाइजर मेशिन नहुँदा ट्राफिक प्रहरीलाई जाँच गर्न समस्या भएको छ । थोरै संख्यामा भएका ब्रेथलाइजर मेशिन पनि बिग्रिएका कारण ट्राफिक प्रहरीले अहिले सुँघेरै मापसे जाँच गर्नुपरिहरेको छ । सुँघेर जाँच गर्दा ट्राफिक प्रहरीलाई अन्य रोग सर्ने खतरासमेत उत्तिकै छ ।

पुरा पढ्नुहोस्

गोली हानी श्रीमतीको हत्या

मेचीकाली : 2018-03-30 16:44:35

बाँके, १६ चैत : बाँके जिल्लामा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ । हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु