नेपालगन्ज, १६ माघ : वाणिज्य बैंकको मान्यता पाएको जनता बैंक नेपाल लिमिटेडले नेपालगन्जमा हिजोदेखि आफ्नो कारोबार सुरु गरेको छ । सो बैंकका शाखा प्रमुख आदर्श स्वारका अनुसार नेपालगन्जमा शाखा कार्यालय स्थापनापछि अधिराज्यभरि बैंकको शाखा कार्यालयको सङ्ख्या १७ पुगेको छ ।
नेपालगञ्ज, १५ माघ : जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका नाममा पश्चिम तराईमा हिंसात्मक गतिविधि सन्चालन गरीरहेका अर्जुन सिंह सिखउर्फ भगत सिंहले युद्धविरामको तयारी गरेका छन् । एक विज्ञप्ति जारी गरी सिहंले शान्ति मन्त्रालयको वार्ता प्रस्तावलाई स्वीकार गर्दै युद्धविरामको तयारी गरेको बताएका छन् । एक साताभित्र वार्ता टोली बनाएर हतियार बिसाएको घोषणा गर्नें विज्ञप्तिमा उल्लेख छ ।
बाँके, १३ माघ : एकीकृत नेकपा माओवादीको भेरी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाँकेको चिसापानी जाने क्रममा कोहलपुरमा प्रधानमन्त्री डा.बाबुराम भट्टराईलाई कालो झण्डा देखाउने ४ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बाँके, १३ माघ : एकीकृत नेकपा माओवादीको भेरी अञ्चलस्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा कोहलपुरमा चलिरहेको बेला एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आज बाँके आउँदैछन् । पार्टीको पश्चिम व्यूरोस्तरीय थारुवान राज्य, भेरी कर्णाली, सेती महाकाली राज्य समितिका अगुवा कार्यकर्तालाई प्रशिक्षण दिन नेताहरू बाँके आउन लागेका हुन् ।
नेपालगन्ज, ९ माघ : पेट्रोलियम पदार्थको मुल्यवृद्विको बिरोधमा आज बाँकेमा क्रियाशिल विद्यार्थी संगठनहरुले नेपाल आयल निगमको क्षेत्रीय कार्यालय घेराउ गरेका छन् । आयल निगमको राँझास्थित क्षेत्रीय कार्यालय बिहान १० बजेदेखि करिब डेढ घण्टासम्म घेराउ गरिएको थियो ।