वर्दिया, ७ माघ : जङ्गली हात्तीको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणमा परेर गएराती बर्दिया ८ मगरागाडी मर्कटीफाटाका ३२ वर्षीया गिरीराज परियारको ज्यान गएको हो । राति १२ बजेतिर घरमा सुतिरहेको बेला परियारलाई हात्तीले आक्रमण गरेको हो ।
वर्दिया, ९ असोज : बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट ठुलो परिमाणमा भरुवा बन्दुक बरामद गरिएको छ । नेपाली सेना र निकुञ्ज संरक्षण कार्यालयका कर्मचारीको संयुक्त टोलीले हिजो साँझ बबई इलाकाको खयरभट्टी क्षेत्रबाट ४६ थान भरुवा बन्दुक बरामद गरेको हो । गोप्य सूचनाका आधारमा एक घरमा छापा मारी संयुक्त गस्ती टोलीले हतियार बरामद गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत टिकाराम अधिकारीले जानकारी दिनुभयो ।
बर्दिया, १५ भदौ : थरुहट तराई पार्टी नेपालले गरेको आमहड्तालका कारण तराईका २४ जिल्लाका जनजीवन प्रभावित बनेको छ । आमहड्तालको पहिलो दिन बर्दिया, बाँके, कैलाली, दाङ, सुर्खेतलगायत तराईका २४ जिल्लामा लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालनमा नआएको प्रहरीले जनाएको छ । आमहड्तालका कारण यस क्षेत्रका शिक्षण संस्था, कलकारखाना र बजार बन्द रहेका छन् ।
वर्दिया, १२ भदौ : बर्दियाको सोरहवा गाविसमा एमाले नेता इन्दिरा भुसालको अज्ञात समूहले गोली हत्या गरेको छ । भुसाललाई घरबाहिर बोलाई चार-पाँच जनाको समूहले चार राउन्ड गोली हानेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलमा खोजी तीव्र पारे पनि हत्याराको पहिचान हुन सकेको छैन ।
बर्दिया, २३ असार : तराईमा सशस्त्र सङ्र्घष गर्दै आएको जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीले आज बिहान गुलरिया छोटी भन्सार कार्यालयमा प्रेसर कुकर बम विष्फोट गराएको छ ।बम विस्फोटबाट कार्यालयको पछिल्लो भागमा सामान्य क्षति पुगेको छ । विष्फोटबाट कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक कृष्णप्यारा खरेलले जानकारी दिनुभयो ।