Wednesday, 08 February 2012 08:48 pm, Nepal

सुर्खेतको माओवादी शिवरमा झडप, चेक वितरण गर्ने काम रोकियो

मेचीकाली : 2012-02-05 19:16:23

सुर्खेत, २२ माघ : सुर्खेतको दशरथपुरमा रहेको छैठौं डिभिजनमा अवकास रोजेका लडाकुको बिदाई प्रक्रिया अबरुद्ध भएको छ । बहिर्गमनमा परेका पूर्व माओवादी लडाकुको अवरोध कारण बिदाई प्रक्रिया अबरुद्ध भएको हो । आफ्नो मागको सम्बोधन नभएको भन्दै बहिर्गमनमा परेका पूर्व लडाकुले मुख्यालयभित्र पसेर  पाल कम्यूटर फर्निचरलगायतका सामान तोडफोड गर्नुका साथै लडाकुका परिचयपत्र समेत नियन्त्रणमा लिएको र विदाईको काम अवरुद्ध भएको डिभिजन मुख्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

ढुङ्गाका ढकमा नजर कहिले ?

रासस: 2012-01-20 08:21:36

सुर्खेत, ६ माघ : उपभोक्ताहरुको खाद्य अधिकारको संरक्षण गर्न तथा व्यापारीहरुलाई समेत खाद्य अधिकारबारे जानकारी गराउने उद्देश्यले वाणिज्य कार्यालयले उपभोक्ता अभिमुखीकरणसम्बन्धी जनचेतनामूलक अभियानलाई तीव्र पारिरहेको छ ।    वाणिज्य कार्यालयले देशभर यो अभियान चलाइरहँदा मध्यपश्चिम क्षेत्रका  बजारहरुमा व्यापकमात्रामा वर्षौंदेखि प्रयोगमा ल्याइएका पुरानै ढकहरु प्रयोगमा रहेका छन् ।

पुरा पढ्नुहोस्

प्रचारप्रसारको अभावमा पर्यटकीयस्थल ओझेलमा

मेचीकाली : 2012-01-06 10:10:58

सुर्खेत - सुर्खेत जिल्लाको पश्चिमी क्षेत्रका गुटु र विद्यापुर गाविसमा पर्ने पर्यटकीयस्थलहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् । सदरमुकाम वीरेन्द्रनगरबाट ६० किलोमिटर टाढा रहेको प्रसिद्ध पञ्चपुरीमाईको मन्दिर, चमेरे गुफा, दहताल, चौकुने डाँडा, बादँरे गुफा, खारेपानी र कोट भन्ज्याङलगायतका पर्यटकीयस्थल प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाले बताएका छन् ।पञ्चपुरीमाईको मन्दिरदेखि अछाम, दैलेख, सुर्खेत र कैलालीका करिब ५० भन्दा बढी गाविसलाई सजिलै देख्न सकिन्छ ।

पुरा पढ्नुहोस्

एउटै विद्यालयमा दुई व्यवस्थापन समिति

मेचीकाली : 2012-01-05 08:26:27

सुर्खेत, २१ पुस : राजनीतिक भागवण्डा नमिल्दा पूर्वी सुर्खेतको राकममा रहेको बागेश्वरी उच्चमाविमा विगत एक वर्षदेखि दुईवटा व्यवस्थापन समिति क्रियाशील छन् । एक वर्षअघि माओवादी र एमाले सम्बद्ध अभिभावकहरुले पुस्तक वादीलाई व्यवस्थापन समितिको अध्यक्ष बनाएलगत्तै काँग्रेस सम्बद्ध अभिभावकहरुले राजेन्द्रकुमार सिंहलाई अध्यक्ष बनाएपछि विवाद सिर्जना भएको हो ।

पुरा पढ्नुहोस्

गन्धर्वको पहिचान सारङ्गी ओझेलमा

मेचीकाली : 2011-12-29 17:10:52

तिला भण्डारी

सुर्खेत, १४ पुस : सारङ्गी बोकेर घरआँगनमा गीत सुनाउँदै हिँड्ने सुर्खेतका गन्धर्व जातिको पेसा ओझेलमा पर्दै गएको छ । आधुनिक गीत, क्यासेट, टेलिभिजन, डेकजस्ता आधुनिक प्रविधिको प्रयोगसँगै गन्धर्व जातिको पहिचान बोकेको ‘सारङ्गी’ को प्रयोग बिस्तारै हराउन थालेको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु