Sunday, 18 November 2018 06:45 pm, Nepal

जाजरकोटमा पहिरो : चार बेपत्ता, पाँचको शव निकालियो

मेचीकाली : 2018-08-05 14:07:04

पानी परिरहेकाले उद्धारमा समस्या

जाजरकोट, २० साउन : सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । भेरी नगरपालिका– ६ गंगटियाका खड्गबहादुर लुहारको जीवितै उद्धार गरिएको छ ।

पुरा पढ्नुहोस्

जाजरकोटबाट खनिज पदार्थ चोरी निकासी तिब्र

मेचीकाली : 2018-05-15 13:26:34

जाजरकोट, १ जेठ : जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका गाउँपालिकामा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ ।

पुरा पढ्नुहोस्

लोकमार्गमा यातायात सञ्चालनको माग

मेचीकाली : 2018-02-11 16:37:49

जाजरकोट, २८ माघ : पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् ।सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन सरोकारयुक्त निकायसँग माग गरेका छन् ।

पुरा पढ्नुहोस्

औषधि र डाक्टरसहित सांसद जाजरकोटमा

मेचीकाली : 2018-01-13 13:29:52

जाजरकोट, २९ पुस : यहाँको भाइरल प्रभावित क्षेत्र जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा औषधि, डाक्टरसहितको टिम पुगेको छ । पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेत, स्वास्थ्य मन्त्रालयका सचिव पुष्पा चौधरी र डाक्टरसहितको टिम जाजरकोट पुगेको हो । जाजरकोटको जुनचाँदे गाउँपालिकाको वडा १, २ र ३ मा औषधि वितरण र सदरमुकाममा अन्तरक्रियासहित विशेष निर्देशन दिने कार्यक्रम रहेको छ ।

पुरा पढ्नुहोस्

भाइरलका बिरामीलाई धामीझाँक्री, नौजनाको ज्यान जाँदासम्म पुगेनन् स्वास्थ्यकर्मी

मेचीकाली : 2018-01-07 10:09:44

–हेमन्त केसी

जाजरकोट, २२ पुस (रासस): एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले नौजनाको मृत्यु भइसक्दासम्म पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । स्वास्थ्य संस्था वडकुलेमा भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको संस्थाका प्रमुख हरिबहादुर सिंहले बताउनुभयो । जिल्लाबाट पठाएको औषधि र स्वास्थ्यकर्मी अहिलेसम्म पुगेका छैनन् सिंहले भन्नुभयो । रोग प्रभावित क्षेत्रमा अझै स्वास्थ्यकर्मी पुग्न नसकेको स्थानीय प्रेम न्यौपानेले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु