जाजरकोट, २३ माघ : जाजरकोट सदरमुकाम भन्दा १४ कोष टाढा सक्ला गाविस २ स्थित कोटपाखामा भीरबाट लडेर एक युवकका मूत्यु भएको छ । मृत्यु हुनेमा लह गाविस ६ का २७ वर्षिय धनबहादुर खत्री रहेका छन् । अत्याधिक मदिरा सेवन गरेका कारण भीरबाट खसेर खत्रीको मृत्यु भएको हुन सक्ने सक्ला प्रहरी चौकिले अनुमान गरेको ।
जाजरकोट, २८ पुस : यातायात ब्यवसायीहरुको सिण्डिकेटका विरुद्ध तीन दिनदेखि संघर्षमा उत्रिएका जाजरकोटका विद्यार्थीको आन्दोलनमा विभिन्न पेशागत संगठनहरुले पनि समर्थन गरेका छन् । जाजरकोटमा रहेका भेरी गंगा र भेरी राप्ती यातायात ब्यवसायी संगठनको सिण्डिकेटका विरुद्ध विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।
जाजरकोट, २६ पुस : छिन्चु जाजरकोटमा सडकमा बिभिन्न बस ब्यबसायी समितिले लागु गरेका सिन्डिकेट हटाउन माग गर्दै जाजरकोटका बिद्यार्थी संगठनहरुले आज यातायात बन्द गराएका छन् । आजसम्म सिन्डिकेट हटाउन अल्टिमेटम दिएका बिद्यार्थी संगठनहरुले आजदेखि अनिश्चतकालको लागि यातायात बन्द गरेका हुन् ।
जाजरकोट, ७ भदौ : भगवती - ३, अवलगुर्तामा पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । एक बालिका घाईते भएकी छन् । पहिरोमा परि मृत्यु हुनेहरुमा ५५ बर्षीया देवकली परियार , उनकै ६ बर्षीय छोरा रमेश र ४ बर्षीय रेशमको मृत्यु भएको छ भने डेढ बर्षीया छोरी मनिशा गम्भीर घाईते भएकी छन् । पहिरोले पाँच घर भत्किएका छन् ।
जाजरकोट, १२ चैत : मात्रिका यादव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ता शनिबार बिहान हतियारसहित पक्राउ परेका छन् । जाजरकोटको सीमा प्रहरी चौकीले सीमा गाविस- ९ स्थित बालुवाबजारबाट शनिबार बिहान एक बजे एक थान पेस्तोल, ५ थान गोलीसहित रोल्पा घोडा गाविस- ३ का श्रीधर कुँवर, 'सम्राट', प्युठान अर्घा गाविस एकका मिलन थापा र रोल्पा बुढागाउँ सिम्पानीका अमृत बुढा 'अजित'लाई पक्राउ गरेको हो ।
|