प्युठान, २५ माघ : तपाइँको घरमा चर्पी छ कि छैन ? घरवरिपरि सफासुग्घर छ कि छैन ? यदि तपाइँ प्युठान बस्दै आउनुभएको छ र घरमा चर्पी छैन भने अब तपाइँले सहजै रुपमा सरकारी सेवा पाउन सक्नु हुने छैन । जिल्लालाई सन् २०१३ सम्ममा खुला दिसामुक्त जिल्ला बनाउने समय नजिँकिदै गर्दा स्थानीय निकायले यस्तो उपाय अपनाएका हुन् ।
प्यूठान, २१ माघ : प्यूठान लिवाङका द्वन्द्वपीडित बालक नुमबहादुर घर्तिमगरले अझैसम्म पनि द्वन्द्वपीडितका लागि सरकारले दिने राहत पाउन सकेका छैनन् । लिवाङ–१ निवासी नुमबहादुर २०६३ साल चैत २३ गते घर नजिकैको बाटोमा बेवारिसे बम भेटाएर घरमा लगी खेलाउँदै गर्दा पड्किएर घाइते भएका हुन् ।
प्युठान, १९ माघ : माडी खोला बगरमा सुन भएको अनुमानमा चिनियाँ टोलीले परीक्षण सुरु गरेको छ । नयाँ गाउँ गाविसअन्तर्गत देवीस्थानको माडी नदी किनारमा परापूर्वकालदेखि सुन पाइँदैआएकाले सुनखानी भेटिन सक्ने अनुमानमा चिनियाँ कम्पनीले खानी उत्खनन् सुरु गरेको हो । यहाँ बालुवा चालेर सुन निकालिँदै आएको पाइएकाले सुन हुन सक्ने सम्भावनाले काम थालनी गरिएको कम्पनीका प्रतिनिधि विपीन शर्माले बताउनुभयो ।
प्युठान, २१ पुस : गुल्मीमा उत्पादित सुन्तालाले प्युठानको बजारमा राम्रो भाउ पाउन थालेपछि त्यहाँका किसान भाउ खोज्दै यहाँ आउन थालेका छन् । स्थानीयबजारमा भन्दा प्युठानमा दोब्बरमा बिक्री हुनेभएकाले गुल्मीका किसान डोकाभरि सुन्ताला बोकेर प्युठानका बजारमा झर्न थालेका हुन् ।
प्युठान, १० मंसिर : दाङ–भालुवाङ–प्यूठान सडक खण्डअन्तर्गत चैतेमा आज दिउँसो भएको जिप दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । भालुवाङबाट प्युठानका लागि आउँदै गरेको लु१ज १९२७ नम्बरको सो जिप दुर्घटना हुँदा प्युठान ढुङ्गेगढीका जिप मालिक टिकाराम दर्लामीको ज्यान गएको प्रहरीले जनाएको छ ।