सल्यान, २४ माघ : सल्यानको कालीमाटीमा बेवारिसे अवस्थामा भेटिएका झन्डै डेढ दर्जन बम नेपाली सेनाले निष्क्रिय पारेको छ । ओडारमा राखिएको अवस्थामा भेटिएका १७ वटा सकेट बम भगवती दल गण सिमखर्कबाट खटिएको सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।
सल्यान, २१ कातिक : सल्यानको घाँजरी पिपलमा टाउको नभएको बालक जन्मिएको छ । सोमबार बिहान पौने ९ बजे आफ्नै घरमा जन्मिएको बाललको टाउको छैन भने आँखा दुईवटा काँधमा र मुख छातिमा रहेको छ । घाँजरी पिपल १ पाखापानीका बसन्त रोका र देवी रोकाको तेस्रो सन्तानको रुपमा जन्मिएका बालकलाई हेर्नेको भिड लागेको छ । बालकको नाक र कान भने छैन ।
सल्यान, २७ भदौ : सल्यानको पश्चिमी क्षेत्रमा रहेको सल्लीबजार जाजरकोट सडकखण्डलाई जोड्ने भेरी नदीको फेरी सञ्चालन नहुँदा सल्यान, सूर्खेत जाजरकोट र डोल्पाका जनता मर्कामा परेका छन् । भेरी नदीमा पानीको सतहमा कमी नआएपछि फेरी चल्न नसकेको हो । वर्षायाममा पानीको सतह बढेकाले गएको तीन महिनादेखि फेरी बन्द भएको फेरी सञ्चालकहरुले बताएका छन् ।
सल्यान, १ साउन : सल्यानमा भिरबाट लडेर आज बिहान एक बालिकाको ज्यान गएको छ । स्यानीखाल गाविस–९ निवासी १३ वर्षीया कल्पना डाँगीको बाख्रा चराउन जङ्गलमा गएको बेला भिरबाट लडेर ज्यान गएको हो । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार घर नजिकैको भिरबाट लडेर गम्भीर घाइते भएकी कल्पनाको उपचारका लागि दाङ लैजाँदै गर्दा मृत्यु भएको हो ।
सल्यान, ११ असार : सल्यानमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।सिनवाङ्ग गाविस– २ का खड्ग बुढाथोकीले आफ्नी ३५ वर्षीया श्रीमती शोभा बुढाथोकीको कोदालो प्रहार गरी शुक्रबार साँझ हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बारीमा काम गरेर घर फर्कंदै गर्दा सामन्य विवाद भएपछि उनले आफूसँगै रहेको कोदालोले शोभाको टाउकोमा प्रहार गरेका थिए ।