रुकुम, २५ माघ : जिल्लाका अधिकांश लेकाली भू–भागको साथै पूर्वी क्षेत्रमा व्यापक हिमपात भइरहेको छ ।हिजो साँझबाट पर्न सुरु भको हिउँ अझै जारी रहेको स्थानीयवासीले जानकारी दिएका छन् ।जिल्लाका पूर्वी गाविस हुकाम, रन्मामैकोट, तकसेरा, महत, कोल, मोरावाङलगायतका ठाउँमा करिब दुई फिट हिउँ जमेको देउराली माध्यमिक विद्यालय हुकामका शिक्षक विकास केसीले जानकारी दिनुभयो ।
रुकुम, ३० पुस : दुई बस व्यवसायी समितिबीच रहेको लामो समयदेखिको विवाद टुङ्गिएलगत्तै जिल्लाका पश्चिम क्षेत्रमा चल्ने सबै सवारीसाधन नियमितरुपमा गन्तव्यमा पुग्न थालेका छन् । सिस्ने हिमाल बस तथा मिनीबस यातायात व्यवसायी समिति र भेरी–राप्ती बस व्यवसायी समितिबीच दुवै समितिका गाडी मिलाएर सञ्चालन गर्ने सहमति बनेको हो ।
रुकुम, २७ पुस : आमा र बाबु दुवै जेलमा परेपछि तिनका चार सन्तान एक महिनादेखि बिचल्लीमा छन् । भलाक्चा–४ काफलबोटका देवसिंह रोका र उनकी पत्नी लक्ष्मी हत्या आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा छन् । उनीहरुमाथि गत भदौ ३ गते भालाक्चा गाविसस्थित वैरागी ठाँटी बजारमा स्थानीय विजय खड्काको हत्या अभियोग छ ।
रुकुम, २२ पुस : भूमिगत रुपमा गतिविधि गर्दै आएको मंगोल नेशनल अर्गनाईजेशन पार्टीका रुकुम जिल्ला अध्यक्ष विनोद पुन सहित १७ जनालाई प्रहरीले गएराति पक्रिएको छ । उनीहरुलाई रुकुम सदरमुकामको एक होटलमा भूमिगत गतिविधिको योजना बनाउँदै गर्दा पक्रिएको प्रहरीले जनाएको छ । पार्टीले मंगोलहरुको जातीय अधिकारका लागि भन्दै भूमिगत गतिविधि गर्दै आएको छ ।
रुकुम, १६ पुस : जिल्लाको पश्चिमी क्षेत्र चौरजहारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा आर्थिक विषयलाई लिएर समितिका सदस्य एवम् कर्मचारीबीच कुटाकुट भएको छ । बैठक चलिरहेको अवस्थामा समितिका सदस्य हिमप्रसाद शर्माले लेखापाल विनय केसीलाई कुट्ने प्रयास गरेपछि केसीले उल्टै शर्मालाई कुटेका हुन् । एक अर्काबीचको कुटाकुटपछि घाइते भएका शर्माको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।