Wednesday, 08 February 2012 08:41 pm, Nepal

आगलागीमा परी एक महिला प्रहरीसहित ३ जनाले ज्यान गुमाए

मेचीकाली : 2012-02-03 08:40:29

कालीकोट, २० माघ : कालीकोट सदरमुकाम मान्ममा गएराति एक घरमा आगलागी हुँदा १ महिला प्रहरीसहित २ बालकको जलेर मृत्यु भएको छ । स्थानिय अजयबहादुर बमको घरमा राति ११ बजे लागेको आगोबाट कोठामा सुतिरहेका जिल्ला प्रहरी कार्यालय कालीकोटमा कार्यरत २७ वर्षीया महिला प्रहरी सुनिता परियारको ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

हामी गरिवलाई हेर्ने कोही भएन– पीडित सुनार

मेचीकाली : 2011-12-24 19:17:14

दलसिंह गिरी

कालीकोट, ९ पुस : सदरमुकाम मान्म देखी १८ कोष टाढा पर्ने जुबिथा ४ का ३० बर्षिया मनबिरे सुनारको चुलो छोएको निहुँमा कुटेर हत्या भएपछि उनका २५ बर्षिया पत्नी रेश्मा सुनार २ छोरी, १ छोरा र ७२ बर्षिया बाबु बिचल्लीमा परेका छन् । “घरमा भरलाग्दो मान्छे भनेकै श्रीमान थिए ठूलाबडा भनाउदाले श्रीमानको ज्यान लिएपछि हामी बेसाहारा छौं” भन्दै रेश्मा सुनारले आफ्नो दुखेसो पोखेकी थिईन् ।

पुरा पढ्नुहोस्

विस्थापित अझै घर फर्केनन्

मेचीकाली : 2011-11-30 20:19:40

दलसिंह गिरी

कालिकोट, १४ मंसिर : शान्ति सम्झौताको ५ वर्ष बितिसक्दा पनि राँचुली–३ का ५८ वर्षीय लोकबहादुर शाहीको परिवार हालसम्म घर फर्कन सकेको छैन ।  गाउँमा मदिरा बेचेको आरोपमा नौजनाको परिवार तत्कालिन माओवादीबाट २०५४ फागुन १५ गते विस्थापित भएयता गाउँ फर्कन नसकेका हुन् ।

पुरा पढ्नुहोस्

अनुगमनमा म्याद सकिएका २७ प्रकारको औषधि बिक्रिमा भेटियो

मेचीकाली : 2011-10-17 12:22:50

दलसिंह गिरी

कालीकोट, ३० असोज : दसै तथा दिपावलिको अबसरमा कालिकोट जिल्ला प्रशासन  कार्यलयले जिल्ला स्थित सदरमुकाम बजारमा अनुगमन  तिब्र पारेको छ ।  आइतबार कालिकोट जिल्ला प्रसासन कार्यालयले कालिकोट सदरमुकाम  मान्मस्तिथ ३ वटा मेडिकलमा   अनुगमन गरेको छ । कालिकोटको मान्ममा रहेका  महत मेडिकल, पचाल क्लिनिक डाइग्नोसिस सेन्टर र आबिस्कार मेडिकल हलमा अनुगमन गरेको हो ।  

पुरा पढ्नुहोस्

छोरी भागेर पोइल गएको निहुँमा कर्णाली नदिमा हाम फालेर आमा बेपत्ता

मेचीकाली : 2011-10-16 11:41:12

-दलसिंह गिरी

 कालीकोट, २९ असोज : कालीकोटको लालु खुलालु नजिकैको कर्नाली नदिमा शनिबार साँझ एक जना महिला हाम फालेर बेपता भएकी छन । जिल्लाको माल्कोट गाविस बडा नं। १ निवासी ३२ वर्षिया निर्मला विक ले हाम फालेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । विकले आफ्नी छोरी कृषना विकले विवाह गर्ने उद्देश्यका साथ माल्कोट गाविस ४ का रमेश विकसँग भागेर गएपछि आत्महत्या गरेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु