डोल्पा, २४ असार : जाँडखाएर बजारमा हल्ला गर्दै हिँडेका स्थानीय जँड्याहा युवाको समूहले आक्रमण गर्दा डोल्पामा एक प्रहरी जवानले ज्यान गुमाएका छन् । गएराती किनमेलका लागि बजार आएका प्रहरी र युवाबीच सामान्य भनाभन भएपछि ८,१० जनाको जँड्याहाको समूहले प्रहरीमाथि आक्रमण गरेका थिए । जँढ्याहाको आक्रमणमा परी एक जवान घाइते भएका छन् ।
डोल्पा, ५ असार : यार्सागुम्बा टिप्न गएका जाजरकोटका तीन किशोरहरुको डोल्पाको भालुवाचौरमा हिमपहिरोमा परी मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट नायकवाडा गाविसका सिंहबहादुर सिंह, पदमबहादुर सिंह र रामीडाँडा गाविसका लिम्सास्थित वीरेन्द्र ऐश्वर्य उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी प्रेमबहादुर बोहरा छन् ।
डोल्पा, १९ चैत : अघिल्लो दिन हुम्लाको ठेहे गाउँको चौरमा भएको वेवारिसे बम विस्फोटमा दुई बालबालिका मारिए लगत्तै शनिबार विहान साढे नौ बजे कर्णाली अञ्चलको अर्कों जिल्ला डोल्पाको दुनैमा भएको विस्फोटमा थप दुई जनाको मृत्यु भएको छ। दुनै ५ स्थित अक्कलबहादुर शाहीको घरमा विष्फोट हुँदा उनकी ५० वर्षीया पत्नी गौरी र ३० वर्षीया छोरी चाँदनीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनायो। बम कसले र किन राखेको हो भन्ने बारेमा केही खुलेको छैन। विष्फोटमा अक्कलबहादुरका भतिजा हिमाल शाही घाइते भएका छन्।
डोल्पा, ४ साउन
अविरल
वर्षापछि आएको बाढी र पहिरोमा परी डोल्पाको एकै घरका १० जना बेपत्ता भएका
छन् । बाढी र पहिरोले १५ घर बगाएका छन् । डोल्पाको ल्ह गाउँ बिकास समिति-५
स्थित कपरगाड गाउँमा पहिरोसँगै खहरे खोलामा आएको बाढीले बगाएर स्थानिय
लालबहादुर रोकायसहित उहाँका श्रीमती, आमाबाबु, छोराछोरी, भाईबहिनीलगाएत १०
जना बेपत्ता भएका हुन् ।