Wednesday, 08 February 2012 08:14 pm, Nepal

डाक्टर नहुँदा पोस्टमार्टम कार्य बन्द

मेचीकाली : 2011-12-13 14:42:16

मुगु, २७ मंसिर : मुगु जिल्ला अस्पतालमा चिकित्सक नहुँदा लामो समयदेखि पोस्टमार्टम कार्य ठप्प भएको छ । नाउले खोला माथिबाट आएको काठको मुडा लागेर मृत्यु भएका श्रीकोट गाविसका माग्ले लोहारको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल, मुगुमा  पु¥याएको तीनदिन बितिसक्दा पनि पोस्टमार्टम हुनसकेको छैन ।

पुरा पढ्नुहोस्

शिक्षक दरबन्दीमा समेत भागबण्डा

मेचीकाली : 2011-11-14 15:57:17

मुगु, २८ कात्तिक : जिल्लाका सरकारी विद्यालयका लागि दरबन्दी नभए पनि जिल्ला शिक्षा कार्यालयका केही कर्मचारी र शिक्षक सङ्घ, सङ्गठनको गोप्य मिलेमतोमा दरबन्दी सिर्जना गरी भागबण्डा गरिएको छ । जिल्लामा प्राथमिक विद्यालयका लागि ३३१ दरबन्दी भए पनि जिल्ला शिक्षा समितिमा प्रतिनिधित्व गर्ने शिक्षक सङ्घ, शिक्षक सङ्गठन र क्रान्तिकारी तथा शिक्षा कार्यालयका लेखा एवम् शाखा अधिकृतहरुको मिलेमतोमा शिक्षा समितिको निर्णयबिना नै भागबण्डा गरी आफन्तहरुलाई भर्ना गराई तलबसमेत दिइसकेको खुलासा भएको छ ।

पुरा पढ्नुहोस्

अव्यवहारिक नियमले राजस्व असुली शून्य

मेचीकाली : 2011-08-14 17:21:03

मुगु, २९ साउन : बहुमूल्य जडीबुटीको भण्डारका रुपमा परिचित मुगु जिल्लमा यो वर्ष यार्सागुम्बा सङ्कलनबाट अधिकांश बासिन्दा धेरथोर लाभान्वित भएका छन् ।विशेषगरी यस जिल्लाको पूर्वी भागमा पर्ने पाँच गाविस मोग्री, पुलु, किम्री, दोला र मुगु गाविसका बासिन्दा बढी लाभान्वित भएका छन् ।  ‘दुई बाबु छोराले करिब एक महिना यार्सागुम्बा सङ्कलन गरी स्थानीय व्यापारीलाई बिक्री गर्दा रु छ लाखजति कमाइ भएको माग्री गाविस–९ महगाउँ निवासी सिनोन तामाङले बताए ।

पुरा पढ्नुहोस्

यार्चा टिप्न गएका चार वेपत्ता

मेचीकाली : 2011-06-13 08:33:51

मुगु, ३० जेठ : मुगु र डोल्फुको वनक्षेत्रमा यार्चागुम्बु टिप्न यही जेठ २३ गतेबाट खुल्ला भएपछि यार्चा टिप्न जान लागेका एकै गाउँका चारजना कर्णाली नदीको फलामे तुइन चुँडिएर बेपत्ता भएका छन् । डोल्फु गाविसका सचिव मकर रावलले दिएको जानकारीअनुसार डोरी चुँडिएर नदीमा खसेर बेपत्ता हुनेहरूमा डोल्फु गाविस–२ निवासी २१ वर्षीय छेवाङ तामाङ र वडा नं. ३ निवासी ३५ वर्षीय फुटिक लामा तथा दुईजना नाम खुल्न नसकेका व्यक्ति छन् ।

पुरा पढ्नुहोस्

माओवादी आक्रमणबाट कांग्रेसका ५ कार्यकर्ता घाइते

मेचीकाली : 2011-04-02 11:54:22

मुगु, १९ चैत : मुगु जिल्लास्थित श्रीकोट गाविसको चिमाढुङग्री खोला शुत्रबार राति माओवादी कार्यकर्ताले आक्रमण गरी ५ जना घाईते भएको र २ जना वेपत्ता रहेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माओवादी आक्रमण बाट घाइते हुनेहरुमा नेपाली कांग्रेस महासमितिका सदस्य नवराज जैसी शिक्षक संघका अध्यक्ष जयबहादुर डाँगर गाउँ कार्यसमितिका सदस्य अमरबहादुर डाँगर पूर्णबहादुर सञ्ज्याल चन्द्रबहादुर बुढथापा रहेको प्रहरी नायब उपरीक्षक बिष्णुबहादुर कार्कीले बताए ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु