हुम्ला, २६ पुस : उच्च हिमाली जिल्ला हुम्लामा लगातार तीन दिनदेखि परेको हिउँले जिल्ला सदरमुकाम सिमीकोटमा ३ फिट हिउँ जमेको छ भने स्थानीय बासिन्दालाई एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्नका लागि समस्या उत्पन्न भएको छ । गएको शनिबारदेखि लगातार परेको हिउँ अहिलेसम्म नरोकिएपछि जिल्लामा एकाएक चिसो बढेको र गाईवस्तु चराउनसमेत समस्या भएको बरगाउँका छिरिङ लामाले बताउनुभयो ।
हुम्ला, १० असार : नेपालगन्जबाट
हुम्लाका लागि उडेको तारा एअरको डोर्नियर विमान आज बिहान हुम्ला
विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ। रनवेमा चिप्लिएर दुर्घटना भएपछि
विमानको पखेटा र तल्लो भागमा क्षति पुगेको बताइएको छ। खाद्य संस्थानको
चामल लिएर उडेको सो विमानमा रहेका चालक दलका तीन जनै सदस्य सकुशल छन्।
विमानमा क्याप्टेन डीआर निरौलाको नेतृत्वमा चालक दलका सदस्य थिए।
हुम्ला, २७ चैत : गत साउनदेखि तलब नपाएको भन्दै हुम्लाका शिक्षक आन्दोलनमा उत्रिएका छन् । उनीहरुले चैत २५ देखि बैशाख १४ सम्म विरोध कार्यक्रम तय गरेका छन् । आर्थिक वर्ष ०६६/०६७ देखि १८ नम्बरको खातामा रहेको तलब भत्ता पाउनुपर्ने माग राखी सङ्घर्षका कार्यक्रम घोषणा गरेको नेपाल शिक्षक युनियन जिल्ला कार्य समिति हुम्लाका अध्यक्ष गङ्गाप्रसाद भट्टले जानकारी दिए ।
हुम्ला, १९ चैत : हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट देखि सात कोष पश्चिम ठेहे गाउँ विकास समितिको मानेचौरमा वेवारिसे बम विस्फोटहुँदा शुक्रबार दुई बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठेहे गाविस वडा नम्बर-३ निवासी चक्रबहादुर बोहोराकी ७ वर्षीया छोरी रस्मीता बोहोरा र कर्ण बोहोराको ८ वर्षीय छोरा मानबहादुर बोहोरा रहेका छन् । मृतक बालबालिकाको लास क्षत विक्षेत अवस्था फेला परेको र विस्फोट भएको स्थानम बमका कुनै टुक्रा फेला नपरेको प्रहरीले वताएको छ ।
हुम्ला, १४ फागुन : हिजोदेखि जिल्लाभर हिमपात भइरहेको छ । सिमीकोट हवाई मैदानमा हिउँ पन्छाउने काम सम्पन्न भए पनि नेपालगन्ज र सुर्खेतबाट आउने विमान आज बिहानैदेखि बन्द भएका छन् । बजार र गाउँ घरमा चिसो अत्यधिक बढेको र मानिसको आवातजावत पनि ठप्प भएको समाचार छ ।