Wednesday, 26 September 2018 03:19 pm, Nepal

तीजमा दर खाने रकम पीडितलाई सहयोग

मेचीकाली : 2018-09-06 10:07:52

पर्वत, २१ भदौ : पर्वत मिलन महिला समूहले मृगौला पीडित र कलेजो रोग पीडितलाई आर्थिक सहयोग गरेको छ । तीजमा दर खाने रकम जोगाएर मृगौला पीडित कुश्मा नगरपालिका ८ का थमन विकलाई २८ हजार र  कलेजो रोग पीडित कुश्मा नगरपालिका ५ का तिला माझीलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको समूहले जनाएको छ ।

पुरा पढ्नुहोस्

विकट गाउँको होमस्टेमा ३९ परिकार

मेचीकाली : 2018-06-13 13:50:17

पर्वत, ३० जेठ : यहाँको एक विकट गाउँमा भर्खरै सञ्चालनमा आएको होमस्टेमा आउने पाहुनालाई ३९ किसिमका परिकार दिन थालिएको छ । पर्वतको महाशिला गाउँपालिकामा चालु आवदेखि तीन स्थानमा एकैपटक होमस्टे सेवा सञ्चालनमा आएको हो । जिल्लाको साबिक लुंखुदेउराली, दुक्तान र पाखानीको सिम्ले गरी तीन स्थानमा होमस्टे सेवा शुरु गरिएको छ ।

पुरा पढ्नुहोस्

कक्षा कोठामा नपढाउने शिक्षकको रेकर्ड राख्दै बिद्यार्थी

मेचीकाली : 2018-06-11 08:23:39

पर्वत, २८ जेठ : पर्वत कुस्मा नगरपालिका–१२ स्थित जनता सुदर्शन माविका कक्षा ६ मा अध्ययनरत् विद्यार्थीलाई कक्षा कोठामा सबैभन्दा राम्रो पढाउने र सबैभन्दा कम पढाउने शिक्षक को होला ? भनेर प्रश्न गर्दा सबैले एकै स्वरमा ती शिक्षकको नाम बताइदिए । कुस्मा नगरपालिकाका नगर शिक्षा शाखाबाट अनुगमनमा पुगेको टोलीसँग उनीहरुले राम्रो शिक्षण गर्ने र ठगेर हिँड्ने शिक्षकको रेर्कड प्रस्तुत गरेका हुन् ।

पुरा पढ्नुहोस्

वृद्धा बलात्कारमा आरोपित थुनामा

मेचीकाली : 2018-05-16 08:25:37

पर्वत, २ जेठ: वाक्य नभएकी तथा अपांगता भएकी ७९ वर्षीया वृद्धा बलात्कारमा आरोपित युवा पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको मोदी गाउँपालिका–१ का २० वर्षीय शंकर परियार पर्वत जिल्ला अदालतको आदेशमा मंगलबार थुनामा परेका हुन् । पर्वत जिल्ला अदालतका जिल्ला न्यायाधीश धु्रवप्रसाद सापकोटाको इजलासले मंगलबार परियारलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

पुरा पढ्नुहोस्

उद्योग वाणिज्य संघमा शर्मा विजयी

मेचीकाली : 2018-03-19 13:40:00

पर्वत, ५ चैत : पर्वत उद्योग वाणिज्य संघको आगामी तीनवर्षे कार्यकालका लागि अध्यक्षमा केदारनाथ शर्मा विजयी हुनुभएको छ । गए राति घोषणा भएको अन्तिम मतपरिणामअनुसार केदारनाथ शर्माले ८१५ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका लेखनाथ शर्माले ४५७ मत प्राप्त गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु