पर्वत– गाउँमा विकास निर्माणका कुरा हुन् वा अध्ययनका कुरा, झैंझगडा कुरा हुन् वा अतिथि सत्कारका कुरा । सबैका लागि परामर्शदाता बनेकी छिन् सुशीला गुरुङ ।चालिस वसन्त पार गरेकी सुशिला बाँचुन्जेल गाउँकै काँंचुली फेर्नमा लाग्ने हठ गर्छिन् । ‘हाम्रो गाउँ गरिबीले पिल्सिए पनि सौन्दर्यले धनी छ,’ उनी साहस प्रकट गर्दै भन्छिन्, ‘यो सौन्दर्यको विदेशमा गए डलरमा किनेर मज्जा लिनुपर्छ, हाम्रो गाउँंमा आए कलासंस्कृतिको मज्जासँगै त्यसको सौन्दर्य सिंत्तैमा लुट्न पाइन्छ ।’
पर्वत, ९ माघ : अब केही समयपछि गर्मी मौसम सुरु हुँदैछ । तपार्इँ स्वादिलो र धित मर्नेगरी विभिन्न स्वादमा बनेका पेयपदार्थ पिउन चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने अब म्याद नाघेका, गुणस्तरहीन र बाह्य देशबाट आयातीत वस्तु खोजिरहनु पर्दैन । बजारमा बहुर्राष्ट्रिय कम्पनीमार्फत उत्पादित विभिन्न किसिमका पेयपदार्थ बिक्री वितरण भइरहेका बेला पर्वतमा पहिलो पटक पेयपदार्थ उत्पादन उद्योग सञ्चालनमा आएको छ ।
पर्वत, ९ माघ : विद्युत् चुहेर घरमा आगलागी हुँदा दुईजनाको जलेर घटनास्थलमै मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । मृत्यु हुनेमा स्थानीय श्रीमती पुन र गौसरा पुन रहेकी छन् । पर्वतको देउराली गाविस–४ पूर्णगाउँका होमबहादुर पुनको घरमा आज बिहान आगलागी भएको हो । आगलागी हुँदा घरभित्र रहेका उनीहरुको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पर्वत, २६ कात्तिक : पर्वतको भुकताङले गाविसका पूर्णसिंह गुरुङले आज विहान बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । भुकताङले गाविस २ घर भई सेरा बेसीमा बस्दै आएका गुरुङले श्रीमती गीतालाई बञ्चरोले हानेर मारेका हुन् । गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पर्वत, १५ कात्तिक : विद्यालयमा अङ्ग्रेजी कक्षा सञ्चालनका लागि आयोजना गरिएको देउसी–भैलो कार्यक्रमबाट रु चार लाख सङ्कलन भएको छ । पर्वतको कटुवाचौपारीमा रहेको जनप्रिय प्राथमिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गर्ने उद्देश्यले आयोजना गरेको देउसीे–भैलो कार्यक्रमबाट करिब रु ४ लाख पाँच हजार सङ्कलन भएको हो ।