Wednesday, 08 February 2012 08:37 pm, Nepal

माओवादीका जिल्ला स्तरीय नेता मृत फेला

मेचीकाली : 2012-01-10 17:10:20

बागलुङ, २६ पुस : एकीकृत नेकपा माओवादीका बागलुङ जिल्ला सचिवालय सदस्य विष्णु पुलामी मृत अवस्थामा फेला पर्नुभएको छ । अमलाचौर गाविस–५ पात्लेखेतमा पुलामी कुश्मीसेरा ६ सिरुबारीको कुलो मंगलवार मृत अवस्थामा फेला पर्नुभएको हो । अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका पुलामी मृत अवस्थाबाट भेटिएपछि प्रहरी चौकी कुश्मीसेरा र इलाका प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

पुरा पढ्नुहोस्

'स्थानीय निकाय भङ्ग गर्ने सरकारी निर्णय संविधान विपरित'

मेचीकाली : 2012-01-04 11:39:11

बागलुङ, २० पुस : नेकपा एमालेका केन्द्रिय सचिव शङ्कर पोखरेलले सरकारले अन्तरिम संविधानको भावना विपरित स्थानीय संयन्त्र भङ्ग गरेको आरोप लगाउनुभएको छ । उहाँले स्थानीय निकाय भङ्ग गर्ने अख्तियारको आदेश र सरकारको निर्णय दुवै अन्तरिम संविधान विपरित भएको बताउनुभयो ।

पुरा पढ्नुहोस्

दलित सञ्जालको बन्दले बागलुङ ठप्प

मेचीकाली : 2011-12-16 11:37:32

बागलुङ, १ पुस : कालीकोटमा चुल्हो छोएको भन्दै एक दलित व्यक्तिको हत्या भएको विरोधमा उत्पीडित दलित समुदायको सञ्जाल बागलुङले आज आह्वान गरेको बागलुङ बन्दले जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । कालीकोट जुविधा–६ स्थित माईधाराको पसलमा चुल्हो छोएको आरोपमा  कुटपीट गरी मनबहादुर सुनारको हत्या गरिएको विरोधमा सञ्जालले आज बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म बागलुङ बन्दको आयोजना गरेको हो ।

पुरा पढ्नुहोस्

तिहार लागेपछि धौलागिरि अञ्चल अस्पताल डाक्टरविहीन

मेचीकाली : 2011-10-27 11:35:01

बाग्लुङ, १० कात्तिक : चौबिसै घन्टा बिरामीको सेवा गर्ने गरी सेवामा प्रवेश गरेका डाक्टरलाई तिहार लागेपछि यहाँको अस्पताल डाक्टरविहीन भएको छ । धौलागिरि अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेन्डेन्ट डा. तरुण पौडेल दुई दिनको काज र अरू बिदा मिलाएर तिहार मनाउन काठमाडौंँ हिँडेको दुईदिनपछि यहाँ कार्यरत अरू डाक्टर पनि घर हिँडेका छन् ।

पुरा पढ्नुहोस्

भकुण्डेमा भकुण्डे महोत्सव सुरु, एक लाख पर्यटक भित्र्याउने लक्ष्य

मेचीकाली : 2011-10-22 16:46:29

बागलुङ–जिल्लाको पर्यटकीय क्षेत्र भकुण्डेमा शुक्रबारदेखि भकुण्डे महोत्सव सुरु भएको छ ।  कला, संस्कृति र पर्यटनको विकास हाम्रो अभियान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भकुण्डेको पहिचान भन्ने मूल नाराका साथ आयोजना गरिएको सो महोत्सवले पर्यटन वर्ष २०११ लाई सफल पार्नका लागि सहयोग पुग्ने आयोजकले विश्वास लिएका छन् । स्थानीयस्तरमा आफ्नो स्रोत र साधनको उपयोग गरी सुरु गरिएको सातदिने सो महोत्सवमा रु ३० लाखको कारोबार हुने महोत्सव मूल आयोजक समितिका संयोजक धनीप्रसाद शर्माले बताउनुभयो ।  

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु