Wednesday, 08 February 2012 08:51 pm, Nepal

पहुँचवालाले मात्र राहत पाएको गुनासो

मेचीकाली : 2012-01-31 08:43:43

म्याग्दी, १७ माघ : शान्तिप्रक्रिया सुरु भएको वर्षौं बितिसक्दा पनि तत्कालीन अवस्थामा राज्यपक्ष र विद्रोहीको  आक्रमणमा ज्यान गुमाएकाको परिवारले राहतको नाममा सास्ती खेप्नुपरेकोे बताएका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयअन्तर्गत रहेको शान्ति कोष सचिवालय र रेडियो नेपालको सहकार्यमा आयोजित कार्यक्रममा द्वन्द्वपीडितहरुले सो कुरा बताएका हुन् ।

पुरा पढ्नुहोस्

ट्रयाक्टर दुर्घटनामा एकको मृत्यु

मेचीकाली : 2011-12-26 19:43:05

    म्याग्दी, ११ पुस : म्याग्दीको ओखरबोट गाविसस्थित रातोढुङ्गा भन्ने स्थानमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा चार जना घाइते भएका छन् । बाग्लुङ्गको लामेलाबाट म्याग्दीको दरबाङ आउँदै गरेको ध १ त ९३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तमान हिलेका बाउरे भन्ने २० वर्षीय झकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दरबाङले जनाएको छ ।

पुरा पढ्नुहोस्

दलितहरुद्धारा म्याग्दी र मुस्ताङ बन्द

मेचीकाली : 2011-12-18 11:44:31

म्याग्दी, ३ पुस : कालिकोटको जुबिथामा चुल्लो छोएको आरोपमा कुटपिट गरी दलित युवाको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग गर्दै दलित सम्बद्ध संगठनहरुले आज म्याग्दी र मुस्ताङ जिल्ला बन्द गराएका छन् । गत हप्ता भएको मानबिर सुनार हत्याको घटनामा संलग्न बालकुमारी शाही, भीमबहादुर शाही र दीपबहादुर शाहीलाई कारबाही गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित राहत तथा बालबच्चाको शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्नुपर्ने माग गर्दै बन्द गराएका हुन् ।

पुरा पढ्नुहोस्

यस वर्ष हिमालमा कात्तिकमै हिउँ भरियो

मेचीकाली : 2011-11-03 10:03:09

म्याग्दी, १७ कात्तिक : विगतका वर्षमा पुष माघको चिसो मौसममा पनि हिउँ नदेखिने म्याग्दीका उच्च पहाडी क्षेत्रमा यस वर्ष भने कात्तिकमै हिउँ पर्न थालेको छ । म्याग्दीमा पर्ने धौलागिरी, गुर्जा, अन्नपूर्ण लगायतका हिमश्रृङ्खला र त्यस आसपासका पहाड यस वर्ष छिट्टै हिउँले भरिएका छन् । २०६६ र ६७ सालमा कम हिउँ परेका कारण ती क्षेत्र कालो पहाडमा परिणत भएका थिए तर यस वर्ष हिउँले भरिए ।

पुरा पढ्नुहोस्

पदयात्रा गर्ने पर्यटकको चहलपहल बढ्यो

रासस: 2011-10-08 08:42:05

म्याग्दी– शरद ऋतुको सुरुआतसँगै म्याग्दीमा पदयात्रा गर्ने पर्यटकको चहलपहल बढेको छ । म्याग्दीको घोरेपानी, पुनहिल, भुरुङ तातोपानी, रुप्से, खोप्रा लेक, राउन्ड धौलागिरि र ढोरपाटन सिकार आरक्ष जाने पर्यटकको चहलपहल बढेको हो ।    चिन, भारत, अमेरीका, बेलायत, जर्मन, इङगल्याड, कोरियालगायत देशभित्रका विभिन्न सहरबाट पर्यटकहरु अवलोकन भ्रमणका लागि जिल्ला आउने गरेका छन् । बेनी, घोरेपानी, दानालगायत म्याग्दीका नाकाबाट दैनिक सँयौ विदेशी पर्यटक पर्यटकीयस्थलको भ्रमणका लागि आउने गरेको पर्यटन व्यवसायीहरु बताउँछन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु