जोमसोम, १६ असोज : मुस्ताङ हुदै बिभिन्न स्थानमा पुगेका हिमाली क्षेत्रका भेडा च्याग्राको मुल्य आकासिएको छ । प्रति १ भेडाच्याग्राको ११ हजार देखि १५ हजार रुपैया सम्म पुगेको पोखरा हरिचोकका डिल्लीराम सुबेदीले टेलिफोनमा बताउनु भयो । विगतका बर्षको तुलनामा चिनको तिब्वत र मुस्ताङबाट मागभन्दा निकै कम संख्यामा भेडाच्याङग्रा निर्यात भएका छन् ।
म्याग्दी, १५ भदौ : कालीगण्डकी नदीमा २८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माणको तयारी भएको छ । यसअघि १६४ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएको सो आयोजनाको क्षमता बढाएर २८० मेगावाटको बनाउन लागिएको हो । आयोजना निर्माणको तयारी गरिरहेको हाइड्रो सोलुसन कम्पनीले प्रारम्भिक अध्ययनमा १६४ मेगावाट भनिए पनि विस्तृत अध्ययनका क्रममा २८० मेगावाट बिजुली उत्पादन गर्न सकिने देखिएको जनाएको छ ।
चन्द्रश्वर बस्ताकोटी
मुस्ताङ, ६ साउन : गृहमन्त्रालयले
गैरकानुनी कर रोक्न देशब्यापीरुपमा जिल्ला प्रशासन कार्यालयलाई निर्देशन
दिएको छ । गैरकानुनी रुपमा पटकेकर तथा जिल्लाबाट बाहिरीने निकासी
पैठारीहुने पशुहरुमा लगाइदै आएको कर मुस्ताङमा नलिने निर्णय भएको मुस्ताङका
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डे बताए ।
मुस्ताङ, ३१ असार : सीमा जोडिएका नेपालका १० हिमाली जिल्लालाई चीन सरकारले दिएको खाद्य सामाग्री ९ जिल्लामा अझै सीमा क्षेत्रमै अलपत्र परेको छ । मुस्ताङले खाद्य सामाग्री बुझेपनि दार्चुला, बझाङ, हुम्ला, मनाङ, रसुवा, सिन्धुपलान्चोक, दोलखा, संखुवासभा, घादिङले अझै बुझेका छैनन् । चीनले ३ करोड रुपैयाँ मूल्य बराबरको उवा, चिनी, चामल, नुनका सामाग्री बुझ्न आग्रह गरेपनि महगो ढुवानीका कारणले सामान बुझ्न आनकानी गरिरहेकाले अझै सीमा क्षेत्रमै अलपत्र परेको हो ।