Wednesday, 08 February 2012 08:54 pm, Nepal

कपिलवस्तुको पत्थरदेइयामा आगलागी, ११ घरगोठ जलेर नष्ट

मेचीकाली : 2012-01-21 08:50:43

कपिलवस्तु, ७ माघ : गएराति कपिलवस्तुको पत्थरदेइया ३, महदेइयामा आगलागी हुंदा ११ घरगोठ जलेर नष्ट भएको छ । आगलागीबाट मानविय क्षति नभए पनि करीब १० लाख बराबरको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगो ताप्ने घु¥यानबाट स्थानीय मनिराम केवटको घरमा आगो लागेपछि महदेइयाका ११ घरगोठ जलेको हो ।

पुरा पढ्नुहोस्

बर्तमान सरकारले शान्ति र सविधान टुङ्गगोमा पुर्याउने मन्त्री रायमाझीको भनाइ

मेचीकाली : 2012-01-15 14:41:13

कपिलवस्तु, १ माघ : स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सरकारले शान्ति र सविधान निर्माण नगरे अन्य कुनै पनि सरकारले नसक्ने दावी गर्नुभएको छ । रिपोर्टस क्लव अर्घाखॉचीले आज गरेको साक्षात्कारमा मन्त्री रायमाझीले सविधानसभाको जन्मदाता नै रहेका प्रधानमन्त्री बाबुराम भट्टराईलाई जत्तिको माया यस मुद्धामा अरुलाई हुन नसक्ने ठोकुवा गर्नुभयो ।

पुरा पढ्नुहोस्

सवारी दुर्घटनामा सशस्त्र प्रहरी हवल्दारको मृत्यु

मेचीकाली : 2012-01-08 11:00:55

कावासोती २४ पुस : पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दुम्कीवास र अरूणखोलाबीचको जङ्गलनजिकै गएराति भएको सवारी दुर्घटनामा परी सशस्त्र प्रहरी हवल्दारको ज्यान गएको छ ।पश्चिमबाट पूर्व आउँदै गरेको ना१क १७९६ नम्बरको ट्रकले विपरीतदिशाबाट आउँदै गरेको लु८प ८७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार कपिलवस्तु पिपराका ३० वर्षीय कृष्ण चौधरीको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले जनाएकोे छ ।

पुरा पढ्नुहोस्

निसास्सिएर एक शिक्षकले ज्यान गुमाए

मेचीकाली : 2012-01-08 08:47:23

कपिलवस्तु, २४ पुस : कपिलवस्तु नगरपालिका ४ धनौराटोलमा आज बिहान निस्सासिएर एक शिक्षकको मृत्यु भएको छ । कोठा भित्र रहेको धुवाले निस्सासिएर प्याराडाईज बोडङ स्कूलका ३५ वर्षका शिक्षक बिजय कहारको मृत्यु भएको हो । कहारको श्रीमती २८ वर्षीया सरस्वती समेत गंभीर रहेको प्रहरीले जनाएको छ । कोठाको झ्याल ढोका बन्द गरी कोईलाबाट आगो बाली अबेर राति सम्म तापेका थिए ।

पुरा पढ्नुहोस्

न्वारनको भोज खादा ५० भन्दा वढि विरामी

मेचीकाली : 2011-12-12 14:19:29

कपिलबस्तु, २६ मंसिर : कपिलवस्तुको मोतिपुर गा.वि.स वडा नं ७ मधुवनमा न्वारनको भोज खाँदा ५० जना भन्दा वढि विरामी परेका छन । स्थानीय नरवहादुर रानाको नातीनीको न्वारान संगै भातख्वाई कार्यक्रममा बनाइएको खाना खाँदा उनीहरु विरामी परेका हुन् । आफुहरुले भोज खाने क्रममा मासू, पलाउ र अचार खाएको र त्यसपछि वान्ता हुने, पखाला लाग्ने र टाउको दुख्ने लक्षण देखा परेको विरामीहरुले वताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु