परासी, २१ माघ : नवलपरासीमा रहेको एकीकृत नेकपा (माओवादी) जनसेना चौँथो डिभिजनअन्तर्गतका घाइते र पूर्णरूपमा अशक्त अपाङ्ग लडाकुले थप नयाँ योजना नल्याइए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । आफूहरू बाध्यात्मक परिस्थितिका कारण मात्र स्वेच्छिक अवकास रोज्न बाध्य भएको बताउँदै उनीहरूले थप नयाँ राहतको प्याकेज नल्याइए आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन् ।
परासी, १४ माघ : नवलपरासीमा भारतीय पक्षले गण्डक नदीमार्फत भारतीय नहरमा विगत पाँच दिनदेखि पानी लगेको भए पनि नेपाली नहरमा भने अझै पानी छाडेको छैन । नहरमा पश्चिम नेपाल गण्डक नहरमा पानी नछाड्दा नवलपरासीका हजारौँ हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ, मुसुर, तोरीलगायत खेतीबालीमा पानी लगाउन नपाएको स्थानीय बासिन्दाले जनाएका छन् ।
नवरपरासी, १३ माघ : पूर्वपश्चिम राजमार्गअन्र्तगत नवलपरासीको रजहर ५ मा भएको सवारी दुर्घटनामा परि २४ जना घाईते भएका छन् । पश्चिमबाट पूर्व गईरहेको नमुना आर्दश उच्च माविको ग १ ख १७५४ नम्बरको स्कुल बस र बिपरित दिशाबाट आउँदै गरेको बा ३ ख २९४३ ल यात्रु बाहक बस एक आपसमा ठक्कर खाँदा २४ जना घाईते भएका हुन् ।
नवलपरासी, १२ माघ : पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत नवलपरासीको गैडाँकोट–२ मा बसको ठक्करबाट एकजना पुरुषको मृत्यु भएको छ । भैरहवाबाट काठमाडौँ तर्फ जादैँ गरेको लु १ ख ६२७१ नम्बरको यात्रुबहाक बसले गैडाँकोटको भृकुटीचोक नजिकै राजमार्गमा बसको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो ।
नवलपरासी, १० माघ : पुर्वपश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको मुकुन्दपुर १ वेल्डियामा हिजो साँझा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । लु १ ख ७९०८ नम्मरको यात्रुवहाक वस पल्टदा २२ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार मृत्यु हुनेमा बस चालक नारायणप्रसाद पन्थी र प्रमोद लामा रहेको छन् ।