पाल्पा, १० माघ : प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले यो सरकारले नै राष्ट्रिय सरकारको स्वरुप लिने दावी गर्नु भएको छ । पाल्पा पुग्नु भएका प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको सरकार बनाएर आफ्नै नेतृतवका शान्ति र संविधान निर्माण पुरा हुने बताउनुभयो ।
पाल्पा, १० माघ : पेट्रोलियम पर्दाथको मुल्यवृद्धिको विरोधमा उत्रिएका विद्यार्थीले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई कालो झण्डा देखाएका छन् । मगरात र तमुवान राज्यस्तरीय कार्यकर्ता प्रशिक्षणमा सहभागी हुन पाल्पाको तानसेन आएका प्रधानमन्त्री भट्टराई र स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझीलाई विद्यार्थीले तानसेन बजारमा कालो झण्डा देखाएका हुन् ।
पाल्पा, २६ पुस : पाल्पामा कार दुर्घटना हुँदा एक जनाको मृतयु भएको छ । मृत्यु हुनेमा रुपन्देही सेमलारका इन्द्रबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । स्याङजाबाट बुटवलतर्फ जाँदै गरेको लु १ च २४२० नम्बरको कार आज दिउँसो दोभान गाविसको सिद्धबाबा नजिकै दुर्घटना भएको हो ।
तानसेन, १६ पुस : शिक्षामन्त्री दीनानाथ शर्माले आफ्नो पार्टी नफुट्ने दाबी गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पाले आज बिहान तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– ‘हाम्रो पार्टीमा अहिले भाइरस अन्यत्रबाट सल्केकाले पार्टीको स्वास्थ्य मात्र बिग्रेको छ ।’
पाल्पा, १२ पुस : संयुक्त दलित संघर्ष समिति पाल्पाले आव्हान गरेको जिल्ला बन्दले आज पाल्पा जिल्लाको जनजीवन बिहानैदेखि पूर्ण रुपमा प्रभावित बनेको छ । कालीकोट जिल्लाको जुविथा ४ माइस्थानका मनविर सुनारलाई होटलको चुल्हो छोएको आरोपमा कुटपिट गरि हत्या गरेका हत्यारालाई हदैसम्मको कार्वाहीको गर्नुपर्ने र मृतक सुनारलाई राष्ट्रिय सहिद घोषणा गर्नुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्तीको व्यवस्था ग्यारेनटी गरिनुपर्ने लगायतका माग राख्दै आज एक दिनलाई बन्दको आव्हान गरिएको आयोजकले बताएको छ ।