Wednesday, 08 February 2012 08:55 pm, Nepal

बाँदर लखेट्दा बालकको मृत्यु

मेचीकाली : 2012-01-07 19:42:42

अर्घाखाँची २३ पुस : अर्घाखाँचीको बागी गाविसमा पर्ने घेराको भीरबाट खसेर आज बिहान एक बालकको घटनास्थलमै मृत्यु भएको छ । हंसपुर–६ निवासी खुमबहादुर भलामीका छोरा १० वर्षीय बालक कमल भलामीको बिहान बाँदर लखेट्दै जादा भीरबाट खसेर मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

ताला खुल्न नसक्दा परीक्षा सञ्चालन हुन सकेन

मेचीकाली : 2011-11-21 12:22:43

अर्घाखाँची, ५ मंसिर : जुकेना गाविसस्थित सुधा उच्च माविमा  चार दिनदेखि लगाइएको ताला खुल्न नसक्दा विद्यालयको दोस्रो त्रैमासिक परीक्षा सञ्चालन हुन सकेको छैन । विद्यालयमा नेपाली विषयको शिक्षक राख्ने विषयमा स्थानीय  राजनीतिक दलबीच समझदारी कायम हुन नसकेपछि गत बिहीबारदेखि विद्यार्थीले विद्यालयमा तालाबन्दी गरेका थिए ।

पुरा पढ्नुहोस्

जिप दुर्घटनामा एकजनाको मृत्यु

मेचीकाली : 2011-11-14 10:20:25

अर्घाखाँची, २८ कात्तिक : अर्घाखाँची जिल्लाको किमडाँडामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । लु१ज १७५६ नम्बरको जिप किमडाँडाको सिमलपाटामा सडकमै पल्टिँदा गुल्मी पुर्कोटदह गाविस आरुपाटाका सोही जिपका सहचालक  १७ वर्षीय तिलक केसीको घटनास्थलमै मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

साथीले चलाएको गोली लागेर एकजनाको मृत्यु

मेचीकाली : 2011-08-08 16:01:23

अर्घाखाँची, २३ साउन : अर्घाखाँचीको जलुके गाविसमा सिकार खेल्न जङ्गलमा गएको बेला आफ्नै साथीले चलाएको गोली लागेर एकजनाको ज्यान गएको छ ।  जलुके गाविस–५ बुढीदमारको जङ्गलमा सिकार खेल्न गएको बेला टङ्कबहादुर पुनले मृग भनेर चलाएको गोली लागेर आफ्नै साथी स्थानीय ५२ वर्षीय डालबहादुर कुमाल (के एम) को ज्यान गएको हो ।

पुरा पढ्नुहोस्

खोलामा डुबेर तीन विद्यार्थीको मृत्यु

मेचीकाली : 2011-07-24 19:32:03

अर्घाखाँची, ८ साउन : अर्घाखाँचीको ठूलापोखरा गाविसमा आज दिउँसो धान लिन खेतमा गएको बेला खोलामा डुबेर तीन  विद्यार्थीको मृत्यु भएको छ । धान लिन खेतमा गएको बेला ठूलापोखरा गाविस वडा नं ९ चौहास्थित जररे खोलामा नुहाउने क्रममा खोलामा डुबेर नेपाल राष्ट्रिय उच्च मावि ठूलापोखरामा अध्यनरत तीन विद्यार्थीको मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु