Wednesday, 08 February 2012 08:39 pm, Nepal

दलित हत्याको विरोधमा गुल्मी वन्द

मेचीकाली : 2011-12-28 08:44:38

गुल्मी, १३ पुस : कथित उपल्लो जातको चुल्हो छोएको निहुँमा कालिकोटका मानवीर सुनारको हत्या भएको विरोधमा दलित सघंर्ष समिति गुल्मीले आह्वान गरेको बन्दका कारण गुल्मीको जनजीवन प्रभावित बनेको छ । यातायात, शिक्षण सस्ंथा ठप्प हुनुका साथै बजार, उद्योगधन्दा बन्द रहेका छन् । चिया पसलको चुलो छोएको निहुँमा कालिकोट जुविथा ४ का सुनारको स्थायिन  भीमबहादुर शाही र दीपबहादुर शाहीको कुटपिटबाट मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

दुई महिनादेखि बालिका बेखबर, परिवार शोकमा

मेचीकाली : 2011-12-05 18:36:34

गुल्मी, १९ मंसिर : गुल्मीको नेटामा रहेको अमर निमाविमा अध्ययनरत एक विद्यार्थी दुर्इं महिनादेखि सम्पर्कविहीन भएकी छन् । कक्षा ५ मा अध्ययनरत नेटा गाविस वडा नम्वर ५ म्यालचौरका प्रेम विककी १२ वर्षकी छोरी सङ्गिता विक वेपत्ता भएकी हुन् । घरबाट बाग्लुङको भिमगिठेमा रहेको आफन्तको घरमा असोज १३ गते गएकी संगिता वेपत्ता भएकी हुन् ।

पुरा पढ्नुहोस्

विद्युत् महसुल बढाउनुअघि राहत दिनुपर्छ : पूर्व ऊर्जामन्त्री विष्ट

मेचीकाली : 2011-11-16 14:38:48

गुल्मी, ३० कात्तिक : पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले विद्युत् महसुल वृद्धि गर्नुअघि सरकारले विद्युत् क्षेत्रमा सुधार गरी जनतालाई सुविधा पुग्ने कार्यक्रम बनाउनुपर्ने बताउनुभएको छ । विद्युत् क्षेत्रमा अहिले देखिएका समस्या समाधान गरी जनतालाई गुणस्तरीय सेवा दिएपछि मात्र विद्युत् महसुल बढाउनु उपयुक्त हुने उहाँको भनाइ छ ।

पुरा पढ्नुहोस्

गुल्मीमा जिप पल्टिँदा १५ जना घाईते

मेचीकाली : 2011-10-16 13:20:09

गुल्मी, २९ असोज : गुल्मीको वीरबास बन्द्ररखुट्टामा आइतबार जिप पल्टिँदा  १५ जना घाईते भएका छन ।  लु १ च ३५१० नम्वरको जिप ब्रेक फेल भई पल्टिएको हो । वीरवासको बाखे्रेबाट हर्दिनेटा  छत्रदेवी मन्दिरमा पञ्चवली दिन जाने क्रममा जीप पल्टिएको हो । दुर्घटनामा परि घाईते हुनेहरुको पाल्पाको मिशन अस्पतालमा उपचार भैरहेको छ  ।

पुरा पढ्नुहोस्

खुकुरी प्रहारबाट प्रहरी जवानको मृत्यु

मेचीकाली : 2011-10-12 13:33:07

गुल्मी, २५ असोज : गुल्मीको नयाँगाउँमा झगडा मिलाउन गएका एक प्रहरी जवानको हत्या भएको छ । नयाँगाउँ गाविस वडा नं. ५ मैदानमा गएराति लागेको सरायँ नाचमा भएको झगडा मिलाउन गएका नयाँगाउँ प्रहरी चौकीका २८ वर्षीय प्रहरी जवान सूर्यबहादुर थापाको हत्या भएको हो । खुकुरी प्रहारबाट सख्त घाइते अर्घाखाँची खिल्जी–६ निवासी थापाको जिल्ला अस्पताल तम्घास गुल्मीमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु