Wednesday, 08 February 2012 08:50 pm, Nepal

प्याराग्लाइडिङमा आएका विदेशीको मृत्यु

मेचीकाली : 2012-01-26 18:37:12

स्याङ्जा, १२ माघ : प्याराग्लाइडिङका लागि स्याङ्जाको स्वरेक आएका एक फ्रान्सेली नागरिकको हृदयघातका कारण  मृत्यु भएको छ । पोखराबाट माघ १० गते प्यारागलाइडिङका लागि स्याङ्जा आएका ५२ वर्षीय बनार्ड फोर्डको आज स्वरेक–१ महापुरमा मृत्यु भएको हो । बिहान खाजा खाएर गाउँ घुम्न निस्किएका फोर्डको मृत्यु भएको कुरा वडा प्रहरी कार्यालय वालिङले पुष्टि गरेको छ ।

पुरा पढ्नुहोस्

कालीगण्डकी जलयात्राको मज्जा

रासस: 2011-12-30 14:04:46

स्याङजा–आँधी खोलाको मुहानबाट कालीगण्डकी नदीमा जलयात्रा गर्नेहरु भन्छन्, नेपालको एकमात्र पानीजहाजमा यात्रा गर्नाको मज्जा नै  अर्को छ ।स्याङ्जा जिल्लाको मिर्मी गाविसबाट बग्ने कालीगण्डकी र आँधी खोलाको पवित्र सङ्गमस्थलबाट सुरु हुने जलयात्रा सेती बेनीघाटमा गएर टुङ्गिन्छ ।    हिँडेर जाँदा तीन घन्टा लाग्ने करिब सात किलोमिटर लामो सो बाटो पानीजहाज चढेर जाँदा भने आधा घन्टामात्र लाग्छ ।

पुरा पढ्नुहोस्

देउसे र भैलेलाई एक सयभन्दा बढी रकम दिन नपाइने

रासस: 2011-10-24 10:53:30

स्याङ्जा, ७ कात्तिक : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले दीपावलीको अवसरमा स्थानीयस्तरमा खेलिने देउसी भैलो कार्यक्रममा प्रतिव्यक्ति वा समूहलाई एक सय रूपैयाँभन्दा बढी दान नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । देउसी भैलोलाई दिइने दानको परम्परा र संस्कृति भड्किलो बन्दै गएको उल्लेख गर्दै जिल्ला प्रशासनले एक सय रूपैयाँभन्दा बढी दान नदिन सर्वसाधारणलाई आग्रह गरेको हो । एक सयभन्दा बढी दान दिन मन लागेमा खाममा वा गोप्य रूपमा दिन पनि आग्रह गरिएको छ ।

पुरा पढ्नुहोस्

तीजको झगडामा छुरा प्रहार, ४ घाइते

मेचीकाली : 2011-08-26 14:28:29

स्याङजा, ९ भदौ : तीजको अवसरमा आयोजित नाचगानको बिषयलाई लिएर दुई पक्षवीच स्याङजाको वालिङमा झडप हुंदा ४ जना घाइते भएका छन् । वालिङ् नगरपालिका २ स्थित क्याम्पस रोडमा सामान्य झगडा हुंदा स्थानीय विनोद गुरुङ लगायत युवाले अर्को समूहमाथि छुरा प्रहार गरेको प्रहरीले जनाएको छ । घटनामा तिलक गुरुङ, सुरेश कुमाल, विष्णु थापा र विक्रम खाण घाइते भएका छन् । घाइतेमध्ये थापाको पोखरामा उपचार भइरहेको छ ।  

पुरा पढ्नुहोस्

श्रीमतिको हत्या गरेर श्रीमानद्वारा आत्महत्या

मेचीकाली : 2011-07-28 18:35:11

स्याङ्जा, १२ साउन : स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ राङखोलामा डेरामा बस्दै आएका एक जोडीले आज ज्यान गुमाएको छ । धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरिसकेपछि श्रीमान्ले पनि आफ्नै घाँटी रेटी आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । बाग्लुङ जिल्ला स्थायी घर भएका २८ वर्षीय श्याम क्षेत्रीले २१वर्षीया श्रीमती रीतालाई हत्या गरेपछि आपूmले पनि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु