गोरखा, २३ माघ : प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान सरकारले नै संविधान निर्माण गर्ने दाबी गर्नुभएको छ । केही दिनभित्रै शान्ति र संविधान लेखन प्रक्रियामा उल्लेख्य प्रगति हुने दाबी गर्दै प्रधानमन्त्री भट्टराईले आफ्नै नेतृत्वको सरकारलेनै बाँकी रहेको शान्ति प्रक्रियाको काम सम्पन्न गरी संविधान निर्माण गर्ने दाबी गर्नुभयो ।
गोरखा, २२ पुस : प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कुनै पनि हालतमा आगामी जेठ १४ गतेभित्र संविधान निर्माण हुने दावी गर्नुभएको छ । प्रधानमन्त्री डा.भट्टराईले वाँकी रहेको छोटो समयावधिभित्र जसरी पनि शान्ति प्रक्रियालाई टुङग्याएर पछिल्लो पटक थपिएको संविधानसभाको जेष्ठ १४ गतेको समयावधि भित्र नै संविधान निर्माण गर्ने दावी गर्नुभएको हो ।
गोरखा, १९ पुस : मौसममा आएको परिवर्तनसंगै बढेको चिसोले गोरखाको जनजीवन प्रभावित भएको छ । विगत २ दिन अघिदेखि गोरखा लगायत देशै भरी चिसो बढेको हो । आइतबार रातीको हावाहुरीसंगै परेको पानीले चिसो बढेको हो । गोरखाको अति विकट उत्तरी भेगको सामागाउँ,ल्हो,प्रोक, विहि लगायतका गाविसका वासिन्दाहरुमा चिसोले गर्दा दैनिक रुपमा गर्नुपर्ने कामकाजमा समेत प्रभाव परेको स्थानियबासिन्दाको भनाइ छ ।
गोरखा, २८ मंसिर : मुस्ताङ गाडी चढेर गृहजिल्ला गोरखा पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई गाडीभित्रै बिरामी परेका छन् ।गाडीमा चढिरहेकै अवस्थामा लगातार वान्ता गर्न थालेपछि उनलाई सिम्रिक एअरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइँदैछ । उनी आफ्नो प्रतिवद्धताअनुसार आज गृहजिल्ला गोरखा पुगेका थिए ।
गोरखा, २२ कात्तिक : जिल्लाको अश्राङ गाउँ विकास समिति वडा नं. ६ मा छोराले कोदालाको पासोले हानेर आमाको हत्या गरेका छन् । घरमा सामान्य भनाभन भएको र त्यत्तिकैमा ३२ वर्षीय छोरा रामचन्द्र कुँवरले आमा टीकामाया कुँवरको टाउकोमा कोदालाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीले रामचन्द्रलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको छ ।