dashain
Monday, 15 October 2018 11:15 pm, Nepal

बेपत्ता भएको ४७ वर्षपछि घर फिर्ता

मेचीकाली : 2018-07-30 10:10:06

लमजुङ, १४ साउन: घर छोडेर सम्पर्कविहीन भएको ४७ वर्षपछि एक वृद्ध घर फर्कनुभएको छ । बेँशीशहर नगरपालिका–२ भकुण्डेका प्रेमबहादुर खड्का ४७ वर्षपछि घर फर्किनुभएको हो । करीब पाँच दशकसम्म घर परिवारसँग सम्पर्कविहीन खड्का बुढ्यौलीसँगै अशक्त अवस्थामा पुगेपछि सोधखोज गर्दै गाउँसम्म आई पुग्नुभएको हो ।

पुरा पढ्नुहोस्

भरियालाई आठ करोड जरिवानासहित साढे १० वर्ष जेल

मेचीकाली : 2018-06-04 14:11:41

लमजुङ, २१ जेठ : अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका युवकलाई रु आठ करोड जरिवानासहित १० वर्ष छ महिना जेल सजायको फैसला भएको छ ।ज्याला मजदूरी गर्दै आएका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई उक्त सजाय फैसाला भएको हो ।

पुरा पढ्नुहोस्

प्रकृति र संस्कृतिले पर्यटक लोभ्याउँदै घले गाउँ

मेचीकाली : 2018-05-21 16:28:07

–वासुदेव पौडेल

घलेगाउ (लम्जुङ), ७ जेठ : लमजुङ जिल्लाको क्ह्लोसोंथर गाउँपालिका वडा नं ३ (साविक उत्तरकन्या गाउँ विकास समिति) स्थित रमणीय घलेगाउँ प्रकृति, संस्कृति र स्थानीयपनले सम्पन्न गाउँ हो । समुद्र सतहबाट दुई हजार १०० मिटर उचाइमा अवस्थित यो गाउँ पृथ्वी राजमार्गमा पर्ने तनहुँको डुम्रेबाट ४२ किलोमिटरको दूरीस्थित लम्जुङको सदरमुकाम बेंसीशहरबाट २७ किलोमिटर पश्चिम–उत्तर दूरीमा अवस्थित छ ।

पुरा पढ्नुहोस्

दुरा भाषामा पढाई सुरु

मेचीकाली : 2018-05-04 18:07:14

लमजुङ, २१ वैशाख : लमजुङको सुन्दरबजार नगरपालिका ११, तुर्लुङकोटस्थित देवीसदन प्राविमा दुरा भाषामा पढाई हुन थालेको  छ । नयाँ शैक्षिक सत्रसँगै कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई दुरा भाषा पढाउन थालिएको विद्यालयले जनाएको छ ।

पुरा पढ्नुहोस्

७० हजार घूस रकमसहित ट्राफिक प्रहरी जवान समातिए

मेचीकाली : 2018-03-28 08:41:45

लमजुङ, १४ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङमा बर्दीसहित ड्युटीमा रहेका ट्राफिक प्रहरी जवानलाई ७० हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ । हिजो साँझ बेंसीसहर नगरपालिका ७, वाणिज्य बैंक नजिकैको सोनी रेस्टुरेन्टबाट नगद ७० हजार रुपैयाँ लिँदै गर्दा ट्राफिक जवान मोतिकुमार श्रेष्ठलाई अख्तियारको टोलीले रंगेहात समातेको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु