Wednesday, 26 September 2018 02:51 pm, Nepal

पोखरा उद्योग वाणिज्य सङ्घमा अधिकारी

मेचीकाली : 2018-09-23 11:22:57

कास्की, ७ असोज : पोखरा उद्योग वाणिज्य सङ्घको ३२औँ अधिवेशनबाट दामु अधिकारी अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार अबेर घोषणा गरिएको मतपरिणामअनुसार अधिकारीले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई सात मतको अन्तरले पराजित गरेर अध्यक्षमा विजयी हुनुभएको हो ।

पुरा पढ्नुहोस्

तीज गीतमा एउटै स्वर : फोहरलाई बनाउँ मोहर

मेचीकाली : 2018-09-12 13:09:45

“सुन्नुहोस दिदी बहिनी सुन्नुहोस् दाजुभाई,
वातावरण विषयको गीत वरिलै ।
सरसफाइ शुरु गरौ टोल वासी वडाले
वातावरणमा ध्यान दिनुहोस् ठूला बडाले ।।”
महिलाका दुःख सुख, पीडा व्यथालाई गाइने तीजका गीत पछिल्ला वर्षमा समाजका विभिन्न पक्षको चित्रण गरी सन्देशसमेत दिन थालिएको छ ।

पुरा पढ्नुहोस्

सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज गण्डकी प्रदेशमा बस्दै

मेचीकाली : 2018-09-06 10:06:11

पोखरा, २१ भदौ : सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको बैठक आज गण्डकी प्रदेशमा बस्ने भएको छ । आज पोखरामा हुने भेला स्वरुपको बैठकका लागि अधिकांश मुख्यमन्त्रीहरु पोखरा पुगिसकेका छन् । गण्डकी सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतका अनुसार प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठकका लागि मुख्यमन्त्रीहरु पेखरा पुगेका हुन् ।

पुरा पढ्नुहोस्

सरकारी सञ्चारमाध्यमको साधनस्रोत उपयोग गर्न सञ्चारमन्त्रीको आग्रह

मेचीकाली : 2018-07-29 17:52:25

पोखरा, १३ साउन : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पोखरास्थित राष्ट्रिय समाचार समितिको गण्डकी प्रदेश कार्यालयको आज निरीक्षण गर्नुभएको छ । उहाँले कार्यालयको भौतिक अवस्था तथा यहाँबाट भइरहेका समाचार सेवा सम्बन्धमा जानकारी लिँदै सरकारी सञ्चारमाध्यमको साधनस्रोत एकीकृत गर्दै त्यसलाई उपयोग गर्न सकिनेमा जोड दिनुभयो ।

पुरा पढ्नुहोस्

निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक : अध्यक्ष प्रचण्ड

मेचीकाली : 2018-06-04 14:10:57

पोखरा, २१ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले सामान्य मानिसले धान्नै नसक्ने गरी निर्वाचन खर्चिलो बन्ने गरेकाले यसको परिवर्तनका लागि नेतृत्व तहमा छलफल शुरु भएको र शासकीय स्वरुपमा केही नयाँपन लिएर जानुपर्ने हुनसक्छ भन्नुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु