रौतहट, १० माघ : एल पी ग्याँस मनोजका डिलर मेघा टेडर्स गौरले निर्धारित मूल्य भन्दा बढी मूल्य लिइ कालावजारी गरी रहेका छन । मेघा टेडर्स गौरको स्र्टोसमा ग्याँस राखे पनि मेघा टेडर्स गौरको विक्री कक्ष बन्द राख्ने गरेको हो । विक्री कक्ष नै बन्द राखे पछि सर्व साधारण उपभोग्तmाहरु फिर्ता हुने बाध्य अवस्था भएको हो ।
रौतहट, ४ माघ : रौतहट प्रहरीले भुमिगत जनतान्त्रिक मधेश मुक्ति मोर्चाका चार कार्यकर्ताहरुलाई हतियारसहित पक्राउ गरेको छ । प्रहरीले पिपरिया गाविसका गुलावी राय यादव, राम प्रवेश राय यादव, नरेश राय यादव र सुरेन्द्र दास तट्मालाई घरमा छापा मार्ने क्रममा हतियारसहित पक्राउ गरेको हो ।
रौतहट, १ माघ : रौतहट जिल्लाको कटहरिया नजिकै पर्ने बकैया खोला किनारामा लुटेराहरुको समुह र प्रहरी बिच गोली हानाहान भएको छ । भारत बिहार राज्यको घोडासाहान घर भएका अशोक सहनी आफ्नो ससुराली कटहरिया आउने क्रममा लुटेराहरुको समुहले कुटपिट गर्दै लुटपाट गरेको समाचार आएपछि ईलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोली र लुटेरा समुह बिच गोली हानाहान भएको हो ।
रौतहट, ३० पुस : रौतहटको जिर्गवा गाविसमा अज्ञात समूहले चलाएको गोलि लागी स्थानीय शेख सराजको मृत्यु भएको छ । गोली लागेर उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । उता, पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको दुलारीमा आज मिनी ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटर साईकलमा सवार शम्भु चौधरी र नारायण चौधरी छन् ।
रौतहट, २९ पुस : रौतहटको जिङडुया- ३ बेलविछवामा शुक्रबार साँझ छिमेकीको गोली प्रहारबाट एक स्थानीयको मृत्यु भएको छ । पुरानो रिसइबीमा छिमेकी शेख जुबेरले साँझ पौने ७ बजे गोली हानी स्थानीय मो. शेख सराजको हत्या गरेका हुन् । छातीमा गोली लागेका ३० वर्षीय उनको घटनास्थलमै मृत्यु भएको हो ।