Wednesday, 08 February 2012 08:18 pm, Nepal

औद्योगिक क्षेत्रको मान्यता दिन आग्रह

मेचीकाली : 2012-01-14 16:43:38

वीरगन्ज, ३० पुस : वीरगन्ज पथलैया औद्योगिक क्षेत्रका उद्यमीहरूले सो क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्न माग गरेका छन् ।     सो क्षेत्रमा अझै पनि करिब २०० को सङ्ख्यामा साना–ठूला उद्योग सञ्चालनमा रहेको र करिब २० हजार मजदुरलाई रोजगारी दिइरहेकाले यस्तो घोषणा गरिनुपर्ने उनीहरूको तर्क छ ।

पुरा पढ्नुहोस्

भारतीय नक्कली नोटसहित श्रीमान्–श्रीमती पक्राउ

मेचीकाली : 2012-01-05 18:55:15

पर्सा, २१ पुस : पर्सा प्रहरीले नक्कली नोटको कारोबार गर्ने श्रीमान् श्रीमतीलाई आज सार्वजनिक गरेको छ ।  नक्कली भारतीय नोटको कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका भारत हरियाणा सोढिन राजौना निवासी पवनकुमार जाट र उनकी श्रीमती सुमनलाई पर्सा प्रहरीले आज सार्वजनिक गरेको हो ।

पुरा पढ्नुहोस्

चरेससहित एक भारतीय नागरिक पक्राउ

मेचीकाली : 2012-01-01 08:38:42

वीरगञ्ज, १७ पुस : पर्साको भिस्वा गाविसबाट गएराति सशस्त्र प्रहरीले चरेशसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । भिस्वामा रहेको सशस्त्र प्रहरी बेस क्याम्पबाट सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले भारतको मोतीहारी निवासी आलमगिर अन्सारीलाई एक किलोग्राम चरेश सहितपक्राउ गरेको हो ।

पुरा पढ्नुहोस्

सशस्त्र समूह र सरकारबीच वीरगञ्जमा वार्ता

मेचीकाली : 2011-12-31 12:23:46

पर्सा, १६ पुस : तराईमा सशस्त्र संघर्षरत संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूह र सरकारबीच आज बीरगन्जमा वार्ता भएको छ । बीरगन्जको  होटल सुरजमा सरकारका तर्फबाट शान्ति मन्त्री सत्या पहाडी र मोर्चाका तर्फबाट वार्ता टोली संयोजक एवम् मोर्चाका संयोजक पल्हाद गिरी (पवन)बीच चार बुदे सहमति भएको छ ।

पुरा पढ्नुहोस्

जिउँदो मान्छेलाई मृत घोषणा

मेचीकाली : 2011-12-30 19:16:07

वीरगन्ज, १५ पुस : पर्सामा रहेका भूमाफिया र जिल्ला मालपोत कार्यालय पर्साका कर्मचारीहरुको मिलेमतोमा एक जीवित व्यक्तिलाई मृत घोषणा गरी उसको नाममा रहेको जग्गा अरुलाई नामसारी गरिएको खुलासा भएको छ । जिल्लाको महादेवपट्टी गाविस– ५ का स्थानीय बाबुलाल राउत अहिरलाई भूमाफियाहरुले २०६७ फागुन १ गते मरेको कागज बनाई जिल्ला मालपोत कार्यालय पर्साबाट २०६८ साउन १२ गते जग्गा पास गरिएको खुलासा भएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु