हेटौंडा, २४ माघ : मकवानपुरको बसामाडी ५ मा रहेको बहुराष्ट्रिय कम्पनि युनिलिभर नेपालले मजदुरहरुको माग सम्वोधन गर्न नसकिने बताएको छ । मजदुरका मागहरु अति महत्वाकाक्षीं, अनुचित एवम् असान्दर्भिक भएकोले पुरा गर्न नसक्ने उद्योगले हिजो विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ । औसत मजदुरलाई सरकारको विद्यमान राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारीको भन्दा पनि बढी सुविद्या दिइएको जनाउदैं आकर्षक सुविद्या हुदाँ समेत आन्दोलन भइरहेको प्रति उद्योगले गुनासो गरेको छ ।
हेटौँडा, २३ माघ : हेटौँडा सिमेन्टको आगो बाल्ने भट्टीमा नयाँ अत्याधुनिक इँटा जडान एवम् अन्य उपकरणको मर्मतसम्भार गरेपछि आज दिउँसोबाट सिमेन्टको पुनः उत्पादन सुरु गरिएको उद्योग व्यवस्थापनले जनाएको छ ।
हेटौंडा, ७ माघ : प्रधानमन्त्री डाक्टर बाबुराम भटराईले काँग्रेस र एमालेलाई संसद अवरुद्ध गर्ने काम छोडेर वार्तामा आउन आग्रह गर्नु भएको छ । हेटौडामा शनिवार भएको कार्यक्रममा प्रधानमन्त्री भट्टराईले वार्ताबाटै समस्या समाधान हुने भन्दै वार्तामा आउन आग्रह गर्नुभयो । युद्धकालमा जनसत्ताले गरेका निर्णयलाई वैधानिकता दिने सरकारको राम्रो कामलाई विपक्षी दलले डोरीलाई सर्प जस्तो देखेर तर्सीएको टिप्प्पणी गर्नुभयो ।
मकवानपुर, ६ माघ : अनुसन्धानका लागि हिरासतमा राखिएका सात जना अभियुक्तहरू जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट फरार भएका छन् । उनीहरू आज बिहान ४ बजेको आसपासमा फरार भए पनि प्रहरीले भने साढे ५ बजे मात्रै थाहा पाएका हुन् ।उनीहरूले लागू औषध कारोबारमासंलग्न रहेको आशङ्कामा अनुसन्धानका लागि हिरासतमा राखिएको थियो ।
हेटौँडा, १ माघ : हेटौँडा सिमेन्ट उद्योगको आगो बालिने भट्टीमा बढी तापक्रमको अभावमा अत्याधुनिक इँटा भत्केर सिमेन्ट उत्पादन ठप्प भएको छ । सो भट्टीमा अत्याधुनिक इँटा र प्राविधिक भारतबाट झिकाई तीन–चार दिनभित्र मर्मतसम्भार गरेर सिमेन्ट उत्पादन पुनः सञ्चालन गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका प्रसाशकीय अधिकृत सुरेश न्यौपानेले बताउनुभयो ।