चितवन, २४ माघ : चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको सेनाले चलाएको गोली लागेर निकुञ्ज भित्र एकजनाको ज्यान गएको छ । गोली लागेर पिप्ले २ का रेशम चेपाङको ज्यान गएको हो । काठ तस्करीको लागि निकुञ्जभित्र पसेको पाँचजनाको समूहलाई रोक्ने प्रयास गर्दा उनीहरुले गस्ती टोलीमाथि ढुंगा हानेर भाग्न खोजेकाले गोली चलाउनु परेको निकुञ्ज स्रोतले जानकारी दिएको छ ।
चितवन, २१ माघ : माओवादी सेनाका लडाकुहरु रहेको तेस्रो तथा चौथो डिभिजनमा बिदाई प्रकृया सुरु भएको छ । चितवनको शक्तिखोर र नवलपरासीको झयाल्टुङडाँडामा रहेको शिबिरबाट घर फर्कने तयारी गरिरहेका लडाकुहरुले बिभिन्न माग अगाडि सारेपछि बिहानैदेखि बिदाई प्रकृया अबरुद्ध भएको थियो । सेना समायोजन विशेष समितिको सचिवालयका संयोजक बालानन्द शर्माले केन्द्रबाटै बिबाद नगर्न निर्देशन आएपछि बिदाई प्रकृया चलिरहेको जानकारी दिनुभयो ।
चितवन, २१ माघ : अखिल नेपाल सुकुम्बासी सङ्घ र अखिल नेपाल ट्रेड युनियन क्रान्तिकारी मजदुर संघ चितवनले भरतपुरमा १४ कठ्ठा जग्गा कब्जा गरेका छन् । भरतपुर ९ काडाघारी स्थित भक्तिप्रसाद अधिकारीको नाममा रहेको जग्गा कब्जा गरिएको हो । मजदुर संघ चितवनका जिल्ला संयोजक सूर्य बराल क्षीतिजको नेतृत्बमा गएको टोलीले पार्टीको झण्डा गाडेर जग्गा कब्जा भएको घोषणा गरेको हो ।
चितवन, १६ माघ : नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एमाओवादीले सहमति कार्यान्वयन नगरेका कारण शान्ति र संविधान धरापमा परेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पछिल्लो पटक एमाओवादीले सातबँुदे सहमतिलाई कार्यान्वयन नगरेका कारण देशमा राजनीतिक गतिरोध पैदा भएको बताउनुभयो ।
चितवन (रत्ननगर), १५ माघ : रूखको हाँगाले लागेर आज पश्चिम चितवनमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिव्यनगर गाविसका २० वर्षीय होमलाल अर्याल छन् । उनीसँगै रहेका मेघौलीमा भेषराज भुषाल घाइते भएका छन् ।