Wednesday, 08 February 2012 08:42 pm, Nepal

बालकुमारी क्षेत्रमा वितरित पानी पिउनै नसकिने

मेचीकाली : 2012-02-04 14:45:42

ललितपुर, २१ माघ : ललितपुरको बालकुमारी क्षेत्रमा वितरित पानी पिउन नहुने अवस्थामा रहेको देखिएको छ ।एक महिनाअघि गैसस मञ्चको सक्रियतामा वातावरण तथा जनस्वास्थ्य संस्था (एन्फो) ले सो क्षेत्रमा गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको हो । नेवाः राजनीतिक अभियान, ललितपुर नागरिक अभियान र बालकुमारी संरक्षण तथा सुधार समितिको संयुक्त आयोजनामा भएको ललितपुरको बालकुमारी क्षेत्रमा खानेपानीको अवस्थाबारे गरिएको अन्तक्र्रियामा योे कुराको जानकारी गराइएको हो ।

पुरा पढ्नुहोस्

ढुङ्गाले हानेर एकको हत्या

रासस: 2012-01-22 19:16:08

–दाउरा बालेको निहुँमा गाउँलेबीच तनाव

ललितपुर, ८ माघ : सडक कालोपत्रे गर्न काटिएको दाउरामा आगलागी भएपछि ललितपुरको लेले गाविस–२ स्थित दुई गाउँबीच तनाव उत्पन्न भएको छ । स्थानीय सडक कालोपत्रे गर्न काटिएको रु ८० हजार मूल्यको दाउरामा अज्ञात समूहले आगो लगाइदिएपछि स्थानीय गाउँलेबीच आरोप प्रत्यारोप भएर तनाव भएको हो ।

पुरा पढ्नुहोस्

जिल्लास्तरीय किसान समूह मूल समिति गठन

मेचीकाली : 2012-01-06 17:34:22

ललितपुर, २२ पुस : जिल्ला कृषि विकास कार्यालय र किसानबीच समन्वय गराउनुका साथै कृषि कार्यक्रमलाई समानुपातिक रुपमा सञ्चालन गराउने उद्देश्यले ११ सदस्यीय किसान समूह मूल समिति गठन गरिएको छ । कृषि कार्यालयमा जिल्लाभरिका किसानको आज भएको भेलाले उक्त समिति गठन गरेको हो ।

पुरा पढ्नुहोस्

प्रथम लालुपाते व्यापार मेला सम्पन्न

मेचीकाली : 2011-12-25 19:38:02

 ललितपुर, १० पुस : लालुपाते फूलको प्रजाति प्रदर्शन गरी सोको व्यावसायिक प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ आयोजित तीन दिने प्रथम लालुपाते पुष्प प्रतियोगितात्मक प्रदर्शनी तथा व्यापार मेला २०६८ आज सम्पन्न भएको छ । ‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ फ्लोरिकल्चर सहकारी संस्थाले आयोजना गरेको सो मेलामा रु.११ लाखको आर्थिक कारोवार हुनुका साथै करिव १४ हजार दर्शकले अवलोकन गरेका थिए ।

पुरा पढ्नुहोस्

ललितपुरका सडक अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सुरु

मेचीकाली : 2011-12-24 13:32:23

ललितपुर, ९ पुस : ललितपुरमा सडक अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काई सडक विस्तार गर्ने कार्यलाई आजबाट तीव्रता दिन सुरु गरिएको छ । नगर विकास समिति ललितपुर, सडक डिभिजन कार्यालय र ट्राफिक प्रहरीले संयुक्तरुपमा अतिक्रमित घर, टहरा भत्काई सडक विस्तार अभियानलाई तीव्रता दिएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु