भक्तपुर, १८ माघ : खाना पकाउने एलपी ग्यास नपाएर अभाव झेलिरहेका उपभोक्तले ग्यास डिलरतर्फ लैजाँदै गरेको भरिएको हिमाल ग्यासको सिलिन्डर नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेका छन् । काभ्रेको बनेपाबाट काठमाडौँको विभिन्न ग्यास डिलरमा भरिएका ग्यासका सिलिन्डर लिएर जाँदै गरेको चारवटा टाटा गाडी भक्तपुरको तीनकुने सल्लाघारीमा स्थानीय जनताले सडकबाटै नियन्त्रणमा लिएर सर्वसाधारणलाई वितरण गरेका हुन् ।
भक्तपुर, ८ माघ : जनकशिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले यस वर्ष आगामी चैत ७ देखि १६ गतेसम्म सञ्चालन हुने एसएलसी परीक्षाका लागि आवश्यक प्रश्नपत्र छपाइका लागि आवश्यक तयारी पुरा गरेको छ । यही माघ १२ गतेदेखि केन्द्रमा कडा सुरक्षा व्यवस्था एवम् अति गोपनीयताका साथ प्रवेशिका अर्थात् एसएलसी परीक्षाको प्रश्नपत्र छपाइ सुरु गरिने छ ।
भक्तपुर–नगर प्रवेश गर्ने पर्यटकबाट दैनिक लाखौँ रूपैयाँ उठाउँदै आएको भक्तपुर नगरपालिकाले तिनै पर्यटकका लागि अति आवश्यक शौचालयको पर्याप्त व्यवस्था नगर्दा यहाँ आउने पर्यटकलाई हरेक दिन व्यक्तिको घर तथा पसलमा शौचालय खोज्दै जानुपर्र्ने बाध्यता रहेको छ ।
भक्तपुर, २८ पुस : आन्तरिक राजस्व विभागले भक्तपुरको सूर्यविनायकमा रहेको ओम शान्ति टेलरिङ्ग सेन्टरमा छापामारि शिलबन्दी गरेको छ । कार्यालयले सूवर्यविनायकका २ वटा पसल, कमल विनायकको गोदाम र एउटा घरमा छापा मारेको हो । झरीलाल मण्डलले ओम शान्ति नाममा टेलरिङ्ग सहित, सटिङ्ग सुटिङ्ग, सारी, कुर्ता, रेडिमेड, लेडिज प्रशिक्षण सेन्टर गरी ६ वटा फर्म सञ्चालन गर्दै आउनुभएको थियो ।
भक्तपुर, २३ पुस : प्रहरीले आज बिहान भक्तपुरमा ठूलो परिमाणको अवैध मुद्रासहित चिनिया नागरिकलाई पक्राउ गरेको छ । चिनियाँ नागरिकहरुबाट प्रहरीले ९७ हजार अमेरिकी डलर बरामद गरेको छ । उनीहरू शरीरको विभिन्न भागमा अमेरिकी डलर लुकाएर चीनको खासा जान काठमाडौंबाट जाँदै गरेको र चेकजाँच गर्ने क्रममा अवैध डलर फेला परेको प्रहरीले जनाएको छ ।