Tuesday, 23 October 2018 10:12 pm, Nepal

आज ट्याक्सीले बढी भाडा लिए तत्काल कारवाही

मेचीकाली : 2018-10-19 10:43:23

काठमाडौं, २ कात्तिक : विजयादशमीको बिदाको समयमा काठमाडौँ उपत्यकामा ट्याक्सीहरुलाई अनिवार्य रुपमा मिटरमा सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ । दशैँका बेला मिटरमा ट्याक्सी नचलाउनेलाई कारवाही गर्न सरकारले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ ।

पुरा पढ्नुहोस्

दशैका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्रीको शुभकामना

मेचीकाली : 2018-10-19 10:42:03

काठमाडौं, २ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले सांस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिक सांस्कृतिक एकता र पहिचानलाई कायम राख्न अपिल गर्नु भएको छ । दशैको अवसरमा शुभकामना दिनुहँदै राष्ट्रपति भण्डारीले यस्ता चाडपर्वले बहुमूल्य सांस्कृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

पुरा पढ्नुहोस्

तलेजुमा बिहानैदेखि भक्तजनको घुइँचो

मेचीकाली : 2018-10-18 09:31:18

काठमाडौँ, १ कात्तिक : हनुमानढोका दरबार क्षेत्रस्थित तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । आज बिहान ३ बजेदेखि नै मन्दिरमा घुइँचो लागेको काठमाडौँ तलेजु भवानी मन्दिरका मूल नाइके शशीविक्रमध्वज जोशीले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

मेचीकाली : 2018-10-17 10:31:31

काठमाडौँ, ३१ असोज : काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।स्थलमार्गबाट मात्रै २२ लाख यात्रु बाहिरिएको महाशाखाको भनाइ छ ।

पुरा पढ्नुहोस्

राष्ट्रपतिसपक्ष लोकसेवाको प्रतिवेदन पेश

मेचीकाली : 2018-10-11 16:56:37

काठमाडौं, २५ असोज : लोकसेवा आयोगले गत आर्थिक बर्षमा सम्पादन गरेको कार्यसहितको ५९ औ बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ । वि.सं. २०१६ सालमा आयोगको पहिलो प्रतिवेदन प्रस्तुत भएको थियो । आयोगका वर्तमान पदाधिकारीहरूको नियुक्तिपछिको यो चौथो प्रतिवेदन हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु