Wednesday, 08 February 2012 08:52 pm, Nepal

८अर्ब रुपैयाँ नदिए पेट्रोलियम पदार्थ सहज नहुने

मेचीकाली : 2012-02-05 17:40:32

काठमाडौं, २२ माघ : वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आठ अर्ब रुपैया नदिई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुन नसक्ने चेतावनी दिनुभएको छ । रिपोर्र्टर्स क्लब काठमाडौमा मन्त्री भट्टले मन्त्री परिषदले तत्कालका लागि आपूर्ति सहज बनाउन दुई अर्व दिने निर्णय गरेपनि नागरिक लगानी कोषबाट रकम पाउन अझै केही समय प्रक्रियाको कारण लाग्ने भएकोले तत्काल अभाव कायमै रहने बताउनुभयो ।

पुरा पढ्नुहोस्

कर्मचारीलाई न्युनतम पारिश्रमिक १० हजार भन्दा नघटाउन सर्वोच्च आदेश

मेचीकाली : 2012-02-05 17:38:42

काठमाडौं, २२ माघ : सर्वोच्च अदालतले निर्धारण गरेको न्युनतम पारिश्रमिक आफ्ना कर्मचारीहरुलाई प्रदान गर्न सञ्चार माध्यमहरुलाई अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले क वर्गका पत्रपत्रिका, सबै सरकारी संचारमाध्यम र ५ सय वाट क्षमताभन्दा माथिको एफएम रेडियोका कर्मचारीलाई न्युनतम पारिश्रमिक १० हजार भन्दा नघटाउन आदेश दिएको छ ।

पुरा पढ्नुहोस्

लाजिम्पाट क्षेत्रका घर भत्काउन सरकारले लगायो डोजर

मेचीकाली : 2012-02-04 11:06:21

स्थानीयवासी प्रतिकारमा, प्रहरीसँग भयो झडप

काठमाडौं, २१ माघ : स्थानीय जनताको विरोधका बावजुद सरकारले आजबाट लाजिम्पाट क्षेत्रमा घर भत्काउन शुरु गरेको छ । एकाबिहानै डोजर लगाएर लैनचौरबाट घर भत्काउन शुरु गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयवासी र प्रहरीबीच झडप भएको छ । स्थानीय बासिन्दाले घर भत्काउने श्वेत आंतक बन्द गर्नुपर्ने माग राख्दै टायर बालेर प्रदर्शन गरेका छन् । यस क्षेत्रमा अहिले सडकसँग जोडिएको पसल र पर्खाल भत्काइंदै छ ।

पुरा पढ्नुहोस्

टाम्राट फेरि नेपाल आउने

मेचीकाली : 2012-02-02 14:39:04

 काठमाडौँ, १९ माघ : एसिया–प्रशान्त क्षेत्रका लागि राजनीतिक मामिलासम्बन्धी राष्ट्रसङ्घीय निर्देशक टाम्राट सामुएल नेपालको चारदिने औपचारिक भ्रमणमा यही माघ २७ गते यहाँ आउनुहुने भएको छ ।    जारी शान्ति प्रक्रिया तथा संविधानलेखनमा भएका प्रगतिबारे जानकारी लिन उच्चस्तरीय राष्ट्रसङ्घीय अधिकारीहरू सम्मिलित टोलीको नेतृत्व गर्दै उहाँ यहाँ आउन लाग्नुभएको हो ।

पुरा पढ्नुहोस्

ऊर्जा सङ्कट समाधानको विकल्पबारे सुझाव

मेचीकाली : 2012-01-21 17:03:23

काठमाडौँ, ७ माघ : मुलुकको एकीकृत ऊर्जा नीति नहुँदा आयातित पेट्रोलियम पदार्थको खपतमा वृद्धि हुँदै गएको तथा विद्युत्को माग र आपूर्तिबीच सन्तुलन नहुँदा दैनिक १८ घन्टासम्म लोडसेडिङ गर्नुपर्ने अवस्था सिर्जना भएको विज्ञहरूले बताएका छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु