गजुरी (धादिङ), १३ माघ : राष्ट्रपति रामवरण यादवले राष्ट्रको एकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाभिमान बचाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ । धादिङको बैरेनी गाविस–९ मा रहेको बागेश्वरी उच्चमाध्यमिक विद्यालयको स्वर्ण महोत्वसको उद्घाटन गर्दै राष्ट्रपति यादवले सो कुरा बताउनुभएको हो ।
धादिङ, १२ कात्तिक : जिल्लाको त्रिपुरेश्वर गाउँ विकास समिति चरङ्गेमा शनिबार दिउँसो जिप दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् । धादिङको उत्तरी क्षेत्र किन्ताङफेदीबाट सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको ना१ज ३०८६ नम्बरको मुस्ताङ नामको जिप दुर्घटना हुँदा दार्खा गाविस–३ निवासी २५ वर्षीया जेमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धादिङ ११ कात्तिक : क्षमताभन्दा चार गुना बढी बन्दी रहेको जिल्ला कारागार शाखाका बन्दीले तिहारको टीका लगाउने स्थानको समस्याले पालैपालो गरेर टीका लगाएका छन् । जीर्ण अवस्थामा कारागार भवन हुँदा समेत मर्मतसम्भार नभएको र बन्दीको सङ्ख्या बढे पनि क्षमताका आधारमा भवन नयाँ बनाउनेतर्फ ध्यान नगएको भए पनि बाहिर आएर बन्दीले टीका लगाउन पाएकामा खुसी व्यक्त गरे ।
धादिङ, ८ असोज : हिजो साँझ भएको तोडफोडका कारण बन्द हुन गएको धादिङ अस्पताल अझै खुल्न सकेको छैन । शुक्रबार बेलुकी सो अस्पतालमा सुत्केरी भएकी साँकोस–३ निवासी २३ वर्षीया भगवती श्रेष्ठको मृ्त्यु भएपछि पीडितका आफन्त र स्थानीय व्यक्तिद्वारा गरिएको तोडफोडबाट हिजो साँझदेखि बन्द भएको छ ।
धादिङ, ३१ भदौ : धादिङको महादेवस्थान( २ शिन्थली चेपाङवस्तीमा रहेको प्रजा प्राथमिक विद्यालयमा तीनवटा कक्षाका विद्यार्थी एउटै कक्षामा कोच्चिएर पढ्न बाध्य छन् ।चार शिक्षक र १२४ विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा कक्षा १ मा ४०, कक्षा २ मा २४, कक्षा ३ मा १८, कक्षा ४ मा १० र कक्षा ५ मा १० जना रहेका छन् । कक्षा ३, ४ र कक्षा ५ लाई एउटै कोठामा राखेर अध्यापन गराइरहेको विद्यालयले जनाएको छ ।