Monday, 02 March 2015 02:33 am, Nepal

काभ्रेमा बलात्कृत किशोरीको परिवार गाउँबाटै विस्थापित हुँदै

मेचीकाली : 2015-03-01 08:46:27

काभ्रे, १७ फागुन : काभ्रेको पाँचखाल ६ मा बलात्कृत भएकी एक किशोरीको परिवार गाउँबाटै विस्थापित हुने भएको छ । पाँचखाल नगरपालिका ६ की युवती सदाका लागि गाउँ छाडेर विदेशीने तरखरमा रहेकी छन् भने उनको परिवार पनि घर छाडेर अन्यत्रै जाने तयारीमा रहेको छ । पीडित किशोरी पढाईका लागि भन्दै भारतको देहरादुन जाने तयारीमा रहेको पीडित परिवारले जनाएको छ ।

पुरा पढ्नुहोस्

अब एम्बुलेन्सको अभावमा मर्नुपर्दैन काभ्रेको एक दर्जन गाविसका स्थानीयले

मेचीकाली : 2015-02-24 19:09:02

काभ्रे, १२ फागुन : काभ्रेको दक्षिणी भेगका एक दर्जन भन्दा बढी गाविसका सर्वसाधारणले सहजरुपमा एम्बुलेन्स सेवा उपभोग गर्न पाउने भएका छन् । दक्षिण कोरियामा बस्दै आएका नेपालीको सहयोगमा विकट क्षेत्रका सर्वसाधारणको सेवाका लागि एम्बुलेन्स प्रदान गरिएको हो ।

पुरा पढ्नुहोस्

काभ्रेमा पाँच बर्षीया बालिका बलात्कार गर्ने पक्राउ

मेचीकाली : 2015-02-21 18:01:00

काभ्रे, ९ फागुन : पाँच बर्षीया छिमेकी बालिकालाई बलात्कार गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । हाल काभ्रेको काशिखण्ड नगरपालिका तथा तत्कालिन मेथिन्कोट गाविस ४ घर भई पाँचखाल नगरपालिकाको आपँघारीमा इट्टाभट्टामा काम गर्न गएको अवस्थामा बालिकालाई अभिभावक नभएको मौका छोपी सोहि ठेगानाका ३० वर्षिय राजु विकले बलात्कार गरेका हुन् ।

पुरा पढ्नुहोस्

फागुन १६ पछि राजनीतिक वातावतरण अर्को बन्ने प्रचण्डको दाबी

मेचीकाली : 2015-02-19 17:35:55

काभ्रे, ७ फागुन : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले काग्रेँस र एमाले अहिलेकै अवस्थामा रहिरहे फागुन १६ पछि राजनीतिक वातावरण अर्को बन्ने बताउनुभएको छ । क्रान्तिकारी पत्रकार संघ काभ्रेले आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन १६ गते खुल्ला मञ्चबाटै संविधान जारी गर्दै हुनुहुन्छ हो ? भन्ने पत्रकारहरुको प्रश्नमा प्रचण्डले शान्ति सम्झौता कार्यान्वयन गर्ने हदसम्म काग्रेँस र एमाले नआए अवस्था फरक ढंगले अघि बढ्ने बताउनुभएको हो ।

पुरा पढ्नुहोस्

प्रेमिकामाथि बलात्कार गर्ने अधिकारी पुर्पक्षका लागि थुनामा

मेचीकाली : 2015-02-19 08:49:39

साथीलाई धरौटीमा छाड्ने आदेश

काभ्रे, ७ फागुन : आफ्नी प्रेमिकामाथि बलात्कार गरेर साथीलाई समेत बलात्कार गर्न उक्साउने एक युवा पुर्पक्षका लागि कारागार चलान् भएका छन् । आफ्नै प्रेमिकालाई आफुले जबर्जस्ती गरेपछि साथीलाई समेत अनैतिक कार्यका लागि उक्साएको आरोपमा पक्राउ परेका काभ्रेको पाँचखाल ३ का १९ बर्षिय आदित्य अधिकारीलाई जिल्ला अदालत काभ्रेले पुर्पक्षका लागि कारागार पठाएको हो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो संविधानसभामा माओवादी आक्रमण

थप भिडियोहरु