Wednesday, 26 September 2018 02:52 pm, Nepal

बाह्रविसेमा बाढीको सूचना दिने ‘साइरन’ जडान

मेचीकाली : 2018-09-16 17:02:25

चौतारा, ३१ भदौ : सिन्धुपाल्चोकको बाह्रबिसे बजारस्थित भोटेकोशी नदीको पुलमा बाढीको पूर्व सूचना दिने यन्त्र जडान गरिएको छ । ‘हरिमाया फाउण्डेशन’ नामक संस्थाले जडान गरेकोको उक्त यन्त्रले तीन किलोमिटर टाढासम्म साइरनद्वारा बाढीको पूर्व सूचना दिने काम गर्ने संस्थाका कार्यकारी सदस्य नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

पुरा पढ्नुहोस्

५० कृषकबाट ५० कृषकले बाख्रा उपहार पाए

मेचीकाली : 2018-09-06 10:08:16

सिन्धुपाल्चोक, २१ भदौ :  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ धुस्कुनका ५० कृषकले बाख्रा उपहार पाएका छन् । ५० कृषकलाई वडा भित्रकै ५० कृषकले बाख्रा उपहार दिएका हुन् । ५ वर्ष पहिले नाम्लो नेपाल नामक संस्थाले धुस्कुनका कृषको आयआर्जन सुधारका लागि प्रति किसान एउटा बाख्रा सहयोग गरेको थियो ।

पुरा पढ्नुहोस्

काभ्रेमा पुननिर्माण सुस्त, जनप्रतिनिधि भन्छन्, ‘गाउँमा प्राविधिक नै बस्दैनन्’

मेचीकाली : 2018-08-22 08:52:30

काठमाडौं, ६ भदौ : स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुले पुनः निर्माणका लागि गाउँमा खटाइएका प्राविधिकहरु गाउँमा नबस्ने गुनासो गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन ईकाइ काभ्रेले पुनःनिर्माण सम्बन्धी जानकारी दिन धुलिखेलमा आयोजना गरेको गोष्ठिमा उपस्थिती केहि जनप्रतिनिधिहरुले यस्तो गुनासो गरेका हुन् ।

पुरा पढ्नुहोस्

पहिरोले हाइड्रोपावर उच्च जोखिममा

मेचीकाली : 2018-08-07 08:57:00

सिन्धुपाल्चोक, २२ साउन : लगातारको झरीपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेमा रहेको इन्द्रावती तेश्रो जलबिद्युत केन्द्र पहिरोको उच्च जोखिममा परेको छ । ७ दशमलब ५ मेगावट क्षमताको हाइड्रो पावर को सर्जट्याकं माथि बाट बगेको पहिरोले बिद्युत गृहको अगाडि रहेको बगैंचा लेदो माटोले पुरिएको छ ।  

पुरा पढ्नुहोस्

जुरे पहिरोको चार बर्ष : पीडितको अवस्था जस्ताको तस्तै

मेचीकाली : 2018-08-02 08:26:58

सिन्धुपाल्चोक, १७ साउन : सिन्धुपाल्चोकको जुरेमा पहिरोले सिंगो गाउँ बगाउँदा १ सय ४५ जनाको ज्यान गएको आज चार बर्ष पुरा भएको छ । पहिरो गएको चार बर्षको अवधीमा अधिकांश पहिरोपीडितको अवस्था भने उस्तै रहेको पाइएको छ । पीडितको नाममा संकलन भएको साढे २ करोड जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा भएपनि पीडितहरु अहिले पनि अन्यत्र गएर बस्न बाध्य छन् ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु