चौतारा, १६ माघ : मित्रराष्ट्र चीनका विभिन्न सहरमा नेपाली चेली जोखिमपूर्ण अवस्थामा काम गर्न विवश छन् । राम्रो र सम्मानित काम लगाइदिने प्रलोभनमा केही व्यक्ति वा समूहले किशोरीलाई झुक्याएर विभिन्न क्याबिन रेस्टुराँ, लज तथा डान्सबारमा काम गर्न लगाई फर्कन चाहेर पनि स्वदेश फर्कन नपाएपछि जोखिमपूर्ण काम गर्न विवश भएका हुन् ।
बाह्रबिसे (सिन्धुपाल्चोक), ११ माघ : हिमताल फुटेर ठूलो बाढी आई कतै गाउँ नै बगाएर लैँजाला कि भन्ने चिन्ताले बाह्रबिसेका ७७ वर्षीय रत्नकाजी श्रेष्ठलाई सधँै सताउने गर्दछ । पछिल्लोपटक २०४४ सालमा आएको बाढीले पाँच जनालाई बगाएको, थुप्रै घरहरु नष्ट गरेको, सयौँ वस्तुभाउ बगाएको तथा सुनकोसी जलविद्युत् गृहको बाँधमा पु¥याएको क्षतिको सम्झना उहाँलाई अहिले पनि ताजै छ ।
सिन्धुपाल्चोक, २६ मंसिर : बत्ती बाल्न जाने क्रममा अत्याधिक विद्युत प्रवाह भइ करेन्ट लागेर आज बिहान सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्चोक गाउँ विकास समिति ५ निवासी २३ वर्षीया विरमान तमाङ रहेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक, १६ मंसिर : भ्यानको ठक्करबाट मोटरसाइकल यात्रुको मृत्यु भएको घटनालाई लिएर पीडित परिवार र स्थानीय बासिन्दाले वन्द गराएको अरनिको राजमार्गमा यातायात सुचारु भएको छ । बिहानैदेखि अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको खाडीचौर र बलेफी बजारमा अवरोध खडा गरेर सवारी आवागमन ठप्प पारिएको थियो ।
सिन्धुपाल्चोक, १२ मंसिर : अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको चेहोरेमा कन्टेनर र निजी कार एक आपसमा ठक्कर खाँदा ८ जना घाइते भएका छन् । त्यसमध्ये एक बालिकाको अवस्था गम्भीर रहेको बताइएको छ । दोलखाबाट काठमाडौ आउँदै गरेको बा ३ च ७८५५ नम्बरको निजीकारलाई तातोपानी जाँदै गरेको ना ३ ख ५१५२ नम्बरको कन्टेनरले आज दिउँसो ठक्कर दिएको हो ।