Wednesday, 08 February 2012 08:43 pm, Nepal

पार्टी विवाद टुङ्गियो– महासचिव थापा

मेचीकाली : 2012-02-01 13:56:06

नुवाकोट, १८ माघ : एकीकृत (माओवादी)का महासचिव रामबहादुर थापाले पार्टीभित्रका सबै विवाद अन्त्य भई एकता भइसकेको बताउनुभएको छ । क्रान्तिकारी पत्रकार सङ्घद्वारा आज त्रिशूलीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता बादलले माओवादीभित्रका विवादहरु नयाँ आधारमा सहमति भई टुङ्गिएको उल्लेख गर्दै एमाओवादीको अबको मुख्य अभियान शान्ति, संविधान र राष्ट्रिय सरकार केन्द्रित हुने बताउनुभयो ।

पुरा पढ्नुहोस्

नुवाकोटमा मिनिट्रक दुर्घटना हुँदा दुईको मृत्यु, १० घाइते

मेचीकाली : 2012-01-28 13:21:15

नुवाकोट, १४ माघ : नुवाकोटको मदानपुर गाउं बिकास समितिस्थित केउरिनीमा आज मिनिट्रक दुर्घटना हुंदा दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा नुवाकोट चतुराले की साइली तामाङ र मदानपुरका युवराज लामा रहेका छन् । दुर्घटनामा १० जना गम्भिर घाइते भएका छन् । नुवाकोटको बाराहीबाट काठमाडौ आउंदै गरेको बा २ ख ३९ नम्वरको आइचर ट्रक सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

पुरा पढ्नुहोस्

औद्योगिक प्रदर्शनी सम्पन्न, उद्यमी पुरस्कृत

मेचीकाली : 2012-01-20 17:23:42

नुवाकोट, ६ माघ : घरेलु तथा साना उद्योग विकास समिति नुवाकोटबाट घरेलु उत्पादनको प्रवद्र्धन गर्नका लागि विदुरमा सञ्चालित क्षेत्रीयस्तरीय औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ । प्रदर्शनी समापनका अवसरमा उत्कृष्ठ उद्यमीलाई पुरस्कृत गरिएको छ । प्रदर्शनीमा नुवाकोट, रसुवा, रामेछाप, दोलखा, सिन्धुली, सिन्धुपाल्चोकका उद्यमीद्वारा उत्पादित सामग्री राखिएको थियो ।

पुरा पढ्नुहोस्

फ्रान्सेली युवा गाई पालनमा

मेचीकाली : 2012-01-19 11:20:14

नुवाकोट (त्रिशूली), ५ माघ : नेपाली वेरोजगार युवाहरू कामको सिलसिलामा भौँतारिँदै धमाधम विदेश पलायन भइरहेका छन् । तर एक फ्रान्सेली युवाले भने जिल्लाको बेलकोटमा गाई पालन थालेका छन् । भ्रमणको क्रममा चार वर्षअघि नेपाल आएका २२ वर्षीय फ्रान्सेली नागरिक फसुवाले अहिले बेल्कोट – ९ बेलकोट भन्ज्याङमा उत्रत जातका गाई पालेर दूधबाट चिज उत्पादन गर्दै आएका छन् ।

पुरा पढ्नुहोस्

अध्यक्ष प्रचण्ड अल्पमतमा : गजुरेल

मेचीकाली : 2012-01-07 14:42:03

नुवाकोट, २३ पुस : एकीकृत (माओवादी)का केन्द्रीय सचिव सिपी गजुरेलले जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्ड अल्पमतमा परिसकेको दाबी गर्नुभएको छ । पार्टी लाइनविपरीत आत्मसमर्पणवादी ढङ्गले अघि बढेकाले केन्द्रीय समितिमा मतदान भए संस्थापन पक्षकै सदस्यहरुले अध्यक्षको विरोधमा मतदान गर्नेसमेत गजुरेलले बताउनुभयो ।

पुरा पढ्नुहोस्

 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भिडियो -नेपाली कोलाभरी

भारतीय नायिका उदिता गोस्वामीले गाएको 'कोलाभरी डी'को नेपाली भर्सन ।

थप भिडियोहरु